AnonymousUser

Logout

हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

मानव अधिकार आयोग ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट मागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान गर्न आग्रह गरेको छ।

मधेश प्रदेश प्रमुखको प्रतिरक्षा महान्यायाधिवक्ता कार्यालयमार्फत गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठन विवादमा प्रदेश प्रमुखको प्रतिरक्षा महान्यायाधिवक्ताको कार्यालयबाट गर्न आदेश दिएको छ।

हात्तीको बथान झापा प्रवेश, सचेत रहन वन कार्यालयको आग्रह

डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ।

मालढुंगा–बेनी सडक मंसिर २० गतेसम्म दैनिक ७ घण्टा बन्द हुने

मालढुंगा–बेनी सडक म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने र चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।

कोदोको बिस्कुटको माग उच्च, पाउरोटी पनि बनाउने तयारी

कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ। माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन्।

चक्रपथ निर्माण अन्तिम चरणमा

घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १०.५ किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ।

‘जेनजी’ आन्दोलनमा क्षति पुगेका संरचना पुनर्निर्माण गर्न खर्च कटौती गर्दै गण्डकी सरकार

पुनर्निर्माणका लागि स्रोत जुटाउन अत्यावश्यक चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गर्ने नीतिगत निर्णय लिई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

दलहरूबीचको एकता–विभाजन के निर्वाचनलक्षित मात्रै हो?

दलहरूबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायसाथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ।

विद्युत् विस्तारका क्रममा करेन्ट लागेर कामदारको मृत्यु

महोत्तरीमा विद्युत् विस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ।

जाम छल्न नारायणघाट–बुटवल सडक विस्तार रातिमा मात्र

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा दिउँसो सवारीसाधनको अत्यधिक चाप र जामका कारण रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ।

मानव–वन्यजन्तु द्वन्द्व रोक्न सामुदायिक वनमा पानीको प्रबन्ध

नमूना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको वासस्थानका रूपमा चिनिन्छ। यहाँ वन्यजन्तुका लागि वन क्षेत्रभित्र १७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ।

निर्माणाधीन कोबाङ–जोमसोम सडक ८ वर्षदेखि अलपत्र

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा हाल पर्यटक, स्थानीय र यात्रुहरूले सास्ती खेपिरहेका छन्। अलपत्र यो सडकको काम सक्न सातौँ चरणको म्याद थप प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ।

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

काठमाडाैँमा 'म्यारिज ब्युरो' चलाइरहेका ४ जना चिनियाँ नागरिक पक्राउ

ती चिनियाँ नागरिकले विपन्न तथा विकट क्षेत्रका युवतीहरूलाई आफ्नो जालमा पार्ने गरेका र केहीलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ।

सुक्खायाम शुरू भएसँगै आगलागीका घटनामा वृद्धि

प्राधिकरणका अनुसार गत बिहीबार मात्रै देशभर १६ स्थानमा आगलागीका घटना भएका छन्।

वडाध्यक्ष यादवमाथि गोली प्रहारको आरोपमा प्रहरी जवान पक्राउ

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ परेका छन्।

साढे २ लाखभन्दा बढी नयाँ मतदाता थपिए, नाम दर्ताको म्याद मंसिर ५ गतेसम्म

आयोगले उत्साहजनक सहभागिता र नागरिकको सुविधालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको अवधि मंसिर ५ गतेसम्म थप गरेको जनाएको छ।

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या

धनुषाको मिथिला बिहारी नगरपालिका–१ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको छ।

जेनजीले प्रधानमन्त्रीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ?

प्रधानमन्त्री सुशीला कार्कीलाई प्रस्तावित सम्झौताको मस्यौदा बुझाएका जेनजी समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे बृहत् राष्ट्रिय छलफल चलाउने जनाएका छन्।

कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कारागार प्रशासक राजेन्द्र शर्माका अनुसार हालसम्म फरार रहेकामध्ये १८७ पुरुष र ११ महिला छन्। तीमध्ये ११ भारतीय र दुई चिनियाँ नागरिक रहेका छन्।