AnonymousUser

Logout

सिमराको स्थिति सामान्य हुँदै: गृह मन्त्रालय

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ।

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

नेपाली दूतावासले थाइल्यान्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा उद्धार गरी आज नेपाल एअरलाइन्सको उडानमार्फत स्वेश फर्काएको हो।

अमेरिकी सेनासँगको अनुभव साटासाट र सहयोग सम्बन्धी छलफल शुरू

यस्ता अनुभव आदान प्रदान कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाबीच रही आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने सेनाले विश्वास लिएको छ।

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा २ जना पक्राउ

उनीहरूले एनपीएलमा सहभागी खेलाडीलाई स्पोन्सर गर्छाैँ भन्दै ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी खेलको हारजित प्रभावित पार्न आर्थिक प्रलोभन देखाउने गरेका प्रहरीले जनाएको छ।

अरनिको राजमार्ग: धुलिखेल–खावा सडक पुनःविस्तार गर्न सम्झौता

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो।

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न पुगेका गाडीलाई प्रवेश नदिई अवरोध जारी राखेका छन्।

सिमरामा एमाले कार्यकर्ता र जेन–जी समूहबीच झडप, विमानस्थल आसपास कर्फ्यु

एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतलगायत नेता सिमरा आउन लागेको थाहा पाएपछि जेन–जीको समूह उनीहरूलाई रोक्न विमानस्थल पुगेको थियो।

खेलाडीको उपचार गर्ने अस्पताल निर्माणबारे अध्ययन गर्न कार्यदल गठन

डा. अभिषेक राज सिंह संयोजक रहेको कार्यदलमा डा. घनश्याम पाण्डे सदस्य र खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रशासकीय अधिकृत दोवे तामाङ सचिव रहेका छन्।

ताप्लेजुङको मिक्वाखोलामा आगलागी, ४ घर जले

आगलागीबाट स्थानीय विष्णुप्रसाद साँवा, राजकुमार साँवा, अनिल साँवा र इन्द्रकुमार साँवाको घर जलेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए।

घुसको रकमसहित नापी कार्यालयका २ कर्मचारी पक्राउ

नापी कार्यालय वीरगन्जमा कार्यरत सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

मधेशका मुख्यमन्त्रीलाई नीतिगत र दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

अदालतले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा अवलम्बन गरिने संसदीय प्रक्रियाको मूल्यमान्यताविपरीत कुनै पनि कार्य नगर्नसमेत भनेको छ।

छिटो राहदानी बनाइदिने भन्दै ठगी गर्ने ८ विचौलिया पक्राउ

छिटो राहदानी बनाइदिने भन्दै विश्वासमा पारी अतिरिक्त रकम असुल्ने र हैरानी दिने तथा कर्मचारीको कामकाजमा समेत अवरोध पुर्‍याएको भन्दै प्रहरीले आठ जना विचौलियालाई पक्राउ गरेको छ।

गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखामा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जेनजी प्रदर्शनका २ हजार ४२९ घाइतेलाई राहत दिइने, मुस्ताङ पदयात्राको दस्तुर हेरफेर

प्रकाशजंग केसीको संयोजकत्वमा 'नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२' गठन गर्ने निर्णय भएको पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

हाजिरीमा सीमित छन् फिर्ता बोलाइका राजदूत

सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएका राजदूतहरू हाल हाजिरीमा सीमित छन्।

कृषिका नाममा अराजकताः सरकारी अनुदान कुम्ल्याउने, योजना भताभुंग छाडिदिने

किसानको जीवनस्तर उकास्न सरकारी अनुदानमा शुरू भएका योजना कसरी राज्यकोषको पैसा दुरुपयोग र अपचलन गर्ने माध्यम मात्र बने भन्ने बाँकेमा अलपत्र परेका कृषि संरचनाले छर्लङ्ग पार्छन्।

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपातबाट हिमाली तथा उच्च पहाडी २९ जिल्ला र हिमपातबाट तराई/मधेशका २१ जिल्ला प्रभावित हुनसक्ने अनुमान गरेको छ।

दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

उनलाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अधिकृतका रूपमा नियुक्त गरिएको हो।

कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही अन्य भागमा मौसम सफा रहने

महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।