प्रदेश लोकसेवा आयोग लुम्बिनीले शुक्रबार सूचना प्रकाशन गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि आवेदन मागेको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
नारायणगोपाल चोकबाट बसुन्धरातर्फ गइरहेकाे ट्रकले स्कुटरलाई ठक्कर दिँदा ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगरको मृत्यु भएको हो।
आज सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको अनुमान छ ।
भूकम्प तथा भूगर्भविद्हरूका अनुसार सन् १५०५ अर्थात् ५१७ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन।
ब्रेन ट्युमर भएको भन्दै नाकबाट 'सामान्य शल्यक्रिया' गरिएका शैलेन्द्र विद्याधरको अत्यधिक रक्तश्रावबाट निधन भएपछि केएमसीले न्यूरो अस्पतालमा लागेको रकमसहित परिवारलाई सबै उपचार खर्च फिर्ता गरेको छ।
छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका तेजबहादुर लिम्बूले ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका छन्।
प्यूठानमा पूर्णिमा मेला हेर्न गएका यात्रु बाेकेकाे जीप दुर्घटनामा परेको हाे।
डोटीमा मंगलबार रातिको भूकम्पले ८ घर पूर्ण रुपमा भत्किएका छन् ।
गएरातिको भूकम्पले डोटीको पूर्वीचौकि गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ ।
घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म ५ लाख ६२ हजार २९४ को घरजग्गाको कारोबार भएकोमा चालू आर्थिक वर्षको सोही महिनामा कारोबार ४९.८८ प्रतिशतले घटेर २ लाख ८१ हजार ७९५ मा सीमित रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औद्योगिक तथा व्यावसायिक घराना चौधरी समूहले कब्जा गरेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अनुसन्धान अगाडि बढाएको छ।
सेतो रम्पेड जातका गिद्धलाई जटायु रेस्टुरेन्टमा केही दिन अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै छाडिने छ ।
एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।
देवदहका ३६ वर्षीय बोलिन्द्र र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत भेटिएका छन्।
कर्णालीमा प्राकृतिक प्रकोपबाट मृत्यु हुनेमा सबैभन्दा बढी जुम्ला र मुगुमा रहेको तथ्यांक कर्णाली प्रदेश सरकारको छ।
राति भने देशभर आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ।
किशोर–किशोरीको हत्या गरेर गाडेको घटनामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।