AnonymousUser

Logout

सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिए, १७ डीआईजीको काज सरुवा

प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेशका प्रहरी प्रमुखको अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरिएको जनाएको छ।

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेकाले प्रदेशसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 

आजको माैसम: तराईमा हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना 

हिमपात, बाक्लो हुस्सु तथा कुहिरोले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ।

डेढ दशकअघि भत्काइन्थ्यो, अहिले धमाधम ठड्याइँदै पृथ्वीनारायणका शालिक

धुलिखेलस्थित देवीस्थान पार्कमा २०७७ फागुन २९ गते १७ फिट अग्लो पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक तयार भयो। यसलाई अहिलेसम्म बनेकामध्ये पृथ्वीनारायणको सबैभन्दा अग्लो शालिक मानिएको छ।

सांसद भन्छन्- विपद्का क्षेत्र पहिचान गरी न्यूनीकरणको जिम्मा स्थानीय तहलाई दिनुपर्छ

सांसदहरूले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने भन्दै विपद्‌का क्षेत्र पहिचान गरी त्यसको न्यूनीकरणका लागि स्थानीयलाई जिम्मा दिनुपर्ने बताए।

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्वीर)

पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडिको गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।

खाना नबनाएको भन्दै झापामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

भोजपुरको अरुण गाउँपालिका घर भई झापाको अर्जुनधारा बस्दै आएका विश्वराज घिसिङले श्रीमती प्रमीला भुजेल घिसिङको हत्या गरेका छन्। 

तराईमा आज पनि बाक्लो हुस्सु, यातायातसमेत प्रभावित हुनसक्ने

तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

शीतलहरले तराईमा रातिभन्दा दिउँसोको तापक्रम कम, विज्ञ भन्छन्- अझै १५ दिन घाम लाग्दैन

नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुरलगायत तराई क्षेत्रमा दिउँसोको अधिकतम तापक्रम रातिको भन्दा कम छ, जसले गर्दा चिसो बढेर जनजीवन प्रभावित भएको छ। यी ठाउँमा अझै १५ दिन घाम नलाग्ने मौसमविद्हरूको भनाइ छ।

तराईमा बिहानैदेखि बाक्लो हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काभ्रेको बेथानचोकस्थित सडक आयोजनाका मजदुरले १ वर्षदेखि पाएनन् ज्याला

पूर्वाधार विकास कार्यालय धुलिखेलका इन्जिनियर विकास गोलेले ६० जना मजदुरले १७ लाख ४० हजार रुपैयाँ पाउन बाँकी रहेको बताए।

नाबालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

राहदानी सेवा पूर्ववत् सञ्चालनमा, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै

राहदानी विभागले सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जनाएको छ।

समन्वय गर्नुपर्ने रोल्पा नगरपालिकाले नै गर्‍यो कृषि ज्ञानको जग्गा र भेटेनरीको भवन कब्जा

रोल्पा नगरपालिकाले लिवाङस्थित कृषि ज्ञान केन्द्रको जग्गा र भेटेनरी अस्पतालको भवन कब्जा गरेको जानकारी जिल्ला प्रशासन कार्यालय र कृषि मन्त्रालयलाई भए पनि फिर्ताका लागि पहल गरेका छैनन्।

सिक्लेसमा केवलकार निर्माण गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, पुस २६ लाई तोकियो पेसी

सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र व्यापारिक घरानालाई गैरकानूनी रूपमा केबलकार सञ्चालन गर्न दिने निर्णय गरेको भन्दै सर्वोच्चमा रिट परेको छ।

राष्ट्रपतिले साझा बस चढ्दा किन राखियो पिर्का?

ब्लड क्यान्सरको उपचारका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको कम्मरको जोर्नीका हड्डी प्रत्यारोपण गरिएको थियो। त्यहीकारण, खुट्टा धेरै खुम्च्याउन नमिल्ने हुँदा गाडी चढ्दा र ओर्लिँदा पिर्का राखिएको हो।

नेपाल आइपुगे नयाँ चिनियाँ राजदूत साेङ 

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ मै आउने तालिका भए पनि करिब दुई हप्ता ढिला आएका छन्।

निर्वाचनले लोकतन्त्रलाई संस्थागत गरेको छ : प्रमुख निर्वाचन आयुक्त 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निष्ठा, सिद्धान्त र विचारका आधारमा मात्र निर्वाचन जितिने भएकाले कानुन विपरीतका हर्कतलाई समर्थन गर्न नसकिने बताएका छन्।

तुइनबाट महाकाली नदीमा खसेर बालक बेपत्ता

भारत जाने क्रममा तुइनबाट महाकाली नदीमा खस्दा  व्यास गाउँपालिका–४ डोकटका १० वर्षीय दीपेन्द्र विष्ट बेपत्ता भएका छन्। 

हटेन तराईमा शीतलहर , चिसाेले जनजीवन प्रभावित

तराईका धेरै क्षेत्र हुस्सु र कुहिरोले ढाकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।