AnonymousUser

Logout

तराईमा बाक्लो हुस्सु, शीतलहर बढ्न सक्ने चेतावनी

नेपालगन्जदेखि पूर्वमा जनकपुरसम्म हल्का शीतलहर छ। नेपालगन्ज पश्चिम र जनकपुर पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढेर दिनभर नै हुस्सु लाग्ने सम्भावना छ।

देशभर ३ हजार मिटरब्याज पीडित, कार्यदल भन्छ- कारबाही गर्ने स्पष्ट कानून छैन

मिटरब्याज पीडितका समस्या समाधानार्थ सरकारद्वारा गठित कार्यदलले पीडितको न्यायका लागि नयाँ कानून निर्माण गर्नुपर्ने तथा केही कानून संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

‘सिस्टम’मा खराबी आउँदा रोकियो राहदानी वितरण

राहदानी विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन आग्रह गरेको छ।

टुँडिखेलमा पार्किङ बनाउने डीपीआर रोक्न महानगरलाई वडाध्यक्षको पत्र

मंगलबार वडा कार्यालयले पत्र पठाउँदै सार्वजनिक ८६३ कित्ता नम्बरमा रहेको टुँडिखेलको खुलामञ्च मैदानमा ३ तहको भूमिगत पार्किङ गर्दा दूरगामी प्राकृतिक असर पर्ने उल्लेख गरेको छ।

‘काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउँछ’

सम्झौताअनुसार २०७५ फागुनभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने काठमाडौँ भ्यूटावर झण्डै पाँच वर्ष ढिलोगरी अर्को वर्षबाट मात्रै सञ्चालनमा आउने भएको छ।

माथिल्लो तामाकोसी सबस्टेसन निर्माणस्थलमा भएको आन्दोलनमा पक्राउ गरेकालाई रिहा गर्न माग

माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेन निर्माण, टावरप्याड राख्ने तथा तार बिछ्याउने कार्यको स्थानीयले विरोध गर्दै आएका छन्। 

सर्वोच्च बारको निर्वाचन पुस २३ गते हुने

सर्वोच्च बार एशोसिएशनको अध्यक्षका लागि लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले उम्मेदवारी दिएका छन्। 

रौतहटबाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई पार्टी प्रवेश गराएका छन्।

जाडो बढेपछि महोत्तरीका विद्यालयमा बिदा

महोत्तरीका १५ मध्ये ११ वटा स्थानीय तहका विद्यालयमा जाडो बिदा दिइएको छ।

लागु औषध मुद्दामा निसीखाेला गाउँपालिका अध्यक्षलाई तीन वर्ष कैद

बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले साेमबार तीन वर्ष छ महिना कैद र ५० हजार रुपैयाँ जरिबानाकाे फैसला गरेको हो।

प्रदेश १, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना 

मध्य तराईका थोरै क्षेत्रमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रशासकीय अधिकृत लिन सिंहदरबार धाइरहेका गाउँपालिका अध्यक्ष भन्छन्– अधिकार गाउँ पुगेकै छैन

​​​​​​​डोटीको पूर्वचौकी गाउँपालिकाका भूकम्पपीडितले राहत पाएका छैनन्, चार महिनादेखि कर्मचारीले तलब र लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पनि पाएका छैनन्। यसको एउटै कारण हो प्रमुख प्रशासकीय अधिकृत नहुनु।

सेवा प्रवाह चुस्त बनाउन मातहतका अधिकारीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री लामिछानेले नागरिकका गुनासो तथा समस्यालाई सधैँ उच्च प्राथमिकतामा राखेर सेवा दिन, सेवामा सहज पहुँच विस्तार, प्रविधिमैत्री र सद्भावपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन्।

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भागमा आंशिक बदली रहने, हुस्सु लाग्ने तथा हिमपातको सम्भावना रहेको छ।

१५ किलोमिटरको गाडीभाडा ५५० रुपैयाँ!

बझाङको खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीमा यातायात व्यवसायीहरूले मनलाग्दी रूपमा भाडा असुल्दा स्थानीय मर्कामा परेका छन्।

थवाङमा स्याउ खेतीका अभियन्ता जुम्ल्याहा : उठिबास लगायो राजनीतिले

२०३६ सालको जनमत संग्रहमा निर्दलको पक्षमा मत दिएपछि धनपुरा र जानपुराका दाजु रामकुमार तथा कम्युनिष्ट नेता वर्मन बुढाबीच द्वन्द्व बढेको थियो। त्यसको मूल्य भने यी जुम्ल्याहा दिदीबहिनीले चुकाउनु परेको छ।

ब्युँतियो अकुपाई टुँडिखेल, खुलामञ्च जोगाउन सोमबार काठमाडौँ महानगरलाई खबरदारी गर्ने

काठमाडौँ महानगरले खुलामञ्चमा तीन तल्ला अन्डरग्राउन्ड पार्किङ बनाउने योजना अघि सारेपछि त्यसका विरुद्ध अकुपाई टुँडिखेल पुनः सक्रिय भएको छ।

प्रधानमन्त्री दाहालले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।

चिसोले जुम्लाको जनजीवन प्रभावित, रुघाखोकीका बिरामी बढे

जुम्लामा चिसाेका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुन्निने, दुख्नेलगायत समस्या देखिएको छ।

आजको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षाको सम्भावना

प्रदेश १, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। राति प्रदेश १ को पहाडी भेगमा पानी पर्ने सम्भावना छ।