न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कानुनमा संशोधन गरेर भए पनि न्यायाधीश नियुक्तिका लागि पाठ्यक्रम बनाउनुपर्ने जरुरी भएको बताए।
अमेरिकी नागरिक भएपछि पनि नेपाली नागरिकता त्याग नगरेका रास्वपा सभापति रवि लामिछानेले निर्वाचन आयोगमा पेश गरेको कागजातमै करिब तीन वर्ष उनले दोहोरो राहदानी प्रयोग गरेको देखिन्छ।
धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मंसिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्।
काठमाडौँ महानगरपालिकाले अनामनगरको निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेपछि चालक र स्थानीय विरोधमा उत्रिएका छन्।
आइतबार सबैभन्दा कम तापक्रम जुम्लाको तथा बढी धरानको हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भौगोलिक विकटता र पानीका मुहान सुक्दै गएकाले बागलुङको खेतियोग्य जमिनमध्ये ८० प्रतिशत भागमा सिँचाइ सुविधा पुग्न सकेको छैन।
शनिबार प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।
चितवन गार्डेन रिसोर्टमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि ३ लाख जरिबाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिएको छ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु तथा २१ जना घाइते भए। मृत्यु हुने अधिकांश नातागोताकै हुन्। रिजर्ब गरिएको बस कसरी परेको थियो दुर्घटनामा?
जग्गा लेनदेनको रकम तिर्नुपर्ने फैसला अनादर गरेपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीलाई जेल पठाउन जिल्ला अदालत मकवानपुरले दिएको आदेश सर्वोच्च अदालतले दुई वर्षअघि नै सदर गरेको थियो।
नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ शुरू भएको छ। अभ्यासमा विपद् व्यवस्थापन, उपचार, प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषय समावेश हुनेछन्।
संवैधानिक निकायका पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक परिषद्का सदस्यकै टुंगो नलाग्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश आउन ढिला हुने भएको छ।
धनुषाको छेडीपोखरीमा २००७ सालअगावै जंगल फडानी शुरू भएको थियो। फडानी नरोकिएपछि बस्ती उजाड मात्रै भएको छैन। स्थानीय विस्थापित नै भएका छन्।
संयुक्त राष्ट्रसंघले २०१९ पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई अंगीकृत गरेको थियो। सोही दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउने गरिएको छ।
पाँचपोखरीमा भक्तजन र पर्यटकको संख्या बढेसँगै दुर्गन्ध पनि बढेको छ। त्यसैले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सफाइ अभियान सञ्चालन गरेको छ।
शुक्रबार दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा प्रदेश–१ को पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकाभित्रका डबलीहरूलाई पुनर्जागृत गरी जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्जभित्र दुई दिनको अवधिमा दुई वटा गैँडा मृतावस्थामा भेटिएका छन्।
हरेक वर्ष १८ डिसेम्बरका दिन मनाइने अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यसवर्ष सप्ताहव्यापी रूपमा मनाइने भएको हो। दिवसमा सरोकारवालाहरूको सहभागिता रहने छ।
चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ।