मेयर हर्कराज राईले अपिलमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाइरहेको उल्लेख गरेका छन्।
डाक्टरका प्रमाणपत्र छानबिन भइरहे पनि इन्जिनियरिङ परिषद्ले नक्कली इन्जिनियरको विषयलाई त्यति महत्त्व नदिएको इन्जिनियरहरूकै गुनासो छ। परिषद्को अहिलेको नेतृत्वले कुनै उजुरीमा पनि अन्तिम निर्णय दिन सकेन।
सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट काठमाडौँ तथा तराईका लागि छुटेका सवारी मिलनचोक रमाइलोडाँडा क्षेत्रमा रोकिएका छन्।
पानी परिरहेकाले सडक मर्मत गरेर यातायात सुचारु गर्न समस्या भइरहेको मेलम्ची नगरपालिकाले जनाएको छ।
ललिता निवास, नक्कली शरणार्थी तथा सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी गर्न लागेको हो।
कैलालीको टिकापुर, चिसापानीलगायत आसपासका स्थानमा पनि भारी वर्षा भइरहेको छ। ती स्थानमा शुक्रबार दिउँसोसम्म नै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वपश्चिम राजमार्गस्थित झापाको झरना खोलानजिक नियमित सवारी जाँचका क्रममा प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ। उनको टाउको र हातमा गम्भीर चोट लागेको छ।
कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री दाहालको भनाइ थियो।
पर्यटकलाई चाहिने र लोभ्याउने हरेक सामान पाइने ‘पर्फेक्ट गन्तव्य’लाई प्रवेशद्वारमै बसेर गिज्याइरहेको सञ्चय कोष भवनको दृश्यले टुरिस्ट गाइडहरूलाई पनि लाजैमर्नु बनाइदिएको छ।
अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिए पनि उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय भइसकेको छैन।
छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। उनीहरूले स्याउ, आलुलगायत उत्पादन बिक्रीका लागि बजारसम्म पुर्याउन पनि पाएका छैनन्।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह छन्। बाँकी चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ। उनीहरू पशुपतिनाथको दर्शन गरेर घर फर्किँदै थिए।
स्याङ्जाको वालिङ–२ ‘छाप्राक’ गाउँ पहिरोको जोखिममा छ। उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत दिएका छन्।
बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रोपटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ।
टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुंगे पुल बाढीले बगाएपछि राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या भएको छ।
काठमाडौँबाट पोखरा जाँदै गरेको बस बुधबार सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ छहरा नजिकबाट त्रिशूलीमा खसेको वडाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिए। उनका अनुसार बसमा कति जना सवार थिए भन्ने खुलेको छैन।