धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुर बस्ने २७ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा महानगरले त्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ।
विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान संगठनलाई क्षेत्रीय विभाजन गरिएको छ।
राजस्वको कर्मचारी भएको भन्दै नयाँ बसपार्क क्षेत्रमा ठगी र किर्तेका संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नाै वर्षअघि शुरू भएकाे बागमती सफाइ महाअभियानमा हालसम्म १५ लाखले स्वयंसेवकका रूपमा फाेहाेर संकलन गरेका छन्। नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ।
चोभार गेट नजिक स्कुल बसले ठक्कर दिँदा माेटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान सुवाशचन्द्र रतालाकाे मृत्यु भएकाे छ।
जंगली हात्ती खेतमा पसेर धान खान थालेपछि खेदाउने क्रममा हात्तीले आक्रमण गर्दा झापाकाे हल्दीबारी वडा नम्बर ५ का चार जना किसान घाइते भएका छन्।
जल तथा माैसम विज्ञान विभागले तीन दिन देशभरकाे माैसम सफा रहे पनि चिसाे बढ्ने तथा तराईमा बाक्लाे हुस्सु लाग्ने जनाएकाे छ।
फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङबाट फर्कदै गरेकाे डोजर कालिकाेटमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।
शहर सुन्दर बनाउने भन्दै काठमाडौँ महानगरपालिकाले सडक र फुटपाथमा गरिखाने वर्गप्रति देखाइरहेको व्यवहारले शहर कसका लागि भन्ने प्रश्न जन्माएको छ।
नेपालका पुराना वामपन्थी नेता केशरमणि पोखरेलको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपाचारका क्रममा शनिबार निधन भएको छ।
हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकले सहज हवाई यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू गर्न माग गरेका छन्।
सरकारले मानव अधिकार पुरस्कार–२०७९, मानव अधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख गरिएका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै पक्ष र निकायले अग्रसरता लिनुपर्ने बताएकी छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगमा राजनीतिक स्वार्थ झल्किएपछि न्यायपालिका सुधारका लागि भन्दै गरिएको आन्दोलन विफल प्रायः भएको छ।
संवैधानिक इजलासले संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्र यथास्थितिमा राख्न शुक्रबार अन्तरिम आदेश दिएको छ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा ओभरपास निर्माण गरिँदै छ, जसअन्तर्गत ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण शुरू भएको छ।
मणिपाल अस्पतालको तेस्रो तलबाट खसेर बिरामीलाई भेट्न आएकी वृद्धाको मृत्यु भएको छ।
शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्यांकीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
हाल देशका केही भागमा आंशिक बदली रही अन्य भागको मौसम सफा रहेको छ।