AnonymousUser

Logout

रक्षामन्त्री खड्काको वीरेन्द्र सैनिक अस्पतालमा पोस्टेटको शल्यक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सुन तस्करी प्रकरण: दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

दावालाई साउन १३ गते राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनले २०७४ पुस २० गते नागरिकता लिएको खुलेको थियो। 

झापामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

दुर्घटनामा भद्रपुर–९ का रुद्रप्रसाद न्यौपाने, दमक–१ का सुरेश राई र इलाम चुलाचुली– ४ का निश्चल चेमजोङ घाइते भएका छन्।

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु, २० बेपत्ता 

मनसुनजन्य घटनाबाट क्षति पुगेका पूर्वाधार पुनः स्थापना गर्न १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान प्राधिकरणले गरेको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

टोपे खोलामा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भुटानी शरणार्थीको अधिकार रक्षाका लागि प्रधानमन्त्रीसँग आग्रह

भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीहरूले नेपालीभाषी भुटानी शरणार्थीका समस्या समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका हुन्।

कानून भन्छ– ‘गरिबको गाँस खोस्नु अपराध’, काठमाडौँ महानगर भने त्यही गर्छ

काठमाडौँ महानगरले नै दिएको तथ्यांकअनुसार बितेका दुई वर्षमा एक हजार ६५२ जनाको सामान उसले जफत गरेको छ। खाद्यअधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ ले यसो गर्नुलाई फौजदारी अपराध मानेको छ। 

गडुवा खोलामा पोखरा महानगरको बेवास्ता, मापदण्ड नतोक्दा अतिक्रमणले निम्तिँदैछ जोखिम

पोखरा महानगरले २०७५ सालमा भौतिक संरचना निर्माणका लागि मापदण्ड बनाउँदा लेखनाथको गडुवा खोलालाई समेटेको थिएन, जसकारण अतिक्रमण बढ्दै जाँदा आसपासका बस्ती जोखिममा पर्न थालेका छन्।

नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ

भारत महाराजगन्जका राहुल कुर्मीराहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशंकर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए।

डोल्पास्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डित ४ दिनदेखि बेपत्ता

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अंगरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले खोज्न समस्या भएको बताए।

पाल्पामा गुडिरहेको गाडीमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु, ६ घाइते

गुल्मीको तम्घासबाट बुटवलतर्फ गइरहेको गाडी बुधबार बिहान ९:१५ बजेतिर दुर्घटनामा परेको हो। 

कस्तो रहनेछ बुधबारको मौसम?

देशभर आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक्ने स्थानीयको घोषणा

स्थानीयले आफूहरूको जीवनरक्षाका लागि मानवरहित बञ्चरेडाँडा ल्यान्डफिल साइट र फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैँका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन्दोलनमा जाने बताएका छन्।

धरानको सन्देशः सामाजिक सञ्जाल बन्नसक्छ समाजमा द्वन्द्व निम्त्याउने कारण

सामाजिक सञ्जालबाट प्रवाह हुने भ्रामक सूचना कतिसम्म घातक हुनसक्छन्? साम्प्रदायिक तनावको भुंग्रोमा पर्नबाट बल्लबल्ल जोगिएको धरानको सन्देश सबैका लागि गतिलो पाठ हुनेछ।

डोल्पास्थित नन्द बक्स गुल्मका गुल्मपति सम्पर्कविहीन

गुल्मपति पण्डितको सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए।

सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू

अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरूले उच्च मनोबलकासाथ काम गर्नसक्ने प्रधानन्यायाधीश श्रेष्ठकाे भनाइ छ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

युराेपेली देशमा राम्राे राेजगारकाे प्रलाेभन देखाउँदै ठगी गर्ने गरेकाे पाइएकाे छ।

नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने

सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो।