AnonymousUser

Logout

बिरामीको उपचारमा लापरबाही गर्ने २ जना मेडिकल सञ्चालक पक्राउ

व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक चन्द्रबहादुर चौधरी पक्राउ परेका छन्। 

पहाडी भूभागमा चट्याङहित हल्का वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

हुम्ला हुँदै मानसरोवर यात्राका लागि चीनसँग सैद्धान्तिक सहमति : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्।

सत्तासँग आमनागरिक रुष्ट छन् – पूर्वप्रधानन्यायाधीश कार्की 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सत्तामा बस्नेहरूले त्यसतर्फ ध्यान नै नदिएको बताइन्।

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। एनआरएनएको ११औँ महाधिवेशन आउँदो असोज ३० गते काठमाडौँमा शुरू हुँदैछ।

अन्धाधुन्ध रूपमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेन : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले माइतीघर मण्डलमा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज मागहरू पूरा गर्नुपर्ने बताए।

इन्द्रजात्रा अवलोकन गर्न हिँडेर गद्दी बैठकसम्म पुगे राष्ट्रपति पौडेलसहितका उच्चपदस्थहरू (तस्वीरहरू)

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्चपदस्थहरू तथा जनप्रतिनिधिहरू जुद्ध सालिकदेखि हिँडेर हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेका थिए।

अछामको रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

रामारोशनमा दर्जनौँ समथर फाँटहरू र यहाँ पुल्ने फूल यहाँका आकर्षण हुन्। पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ।

प्रधानमन्त्री दाहालले गरे कैलाश पर्वत र मानसरोवरको अवलोकन

चीन भ्रमणमा रहे‍को प्रधानमन्त्री दाहालसहितको टोलीले बिहीबार कैलाश पर्वत र मानसरोवरको अवलोकन गरेको छ।

स्वास्थ्यसेवा बन्द नहुने वातावरण बनाउन मानवअधिकार आयोगको आग्रह

स्वास्थ्यसेवा बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले सरकार, स्वास्थ्यकर्मी र सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।

सर्लाहीमा चिताबाट शव बरामद, श्रीमान्‌सहित ३ जना पक्राउ

घटना शंकास्पद देखिएपछि प्रहरीले मृतक मृतकका श्रीमान् सुनिल साहसहित परिवारका तीन जनालाई पक्राउ गरेको छ।

ओलाङचुङगोलाका ८८ जनालाई सीमा प्रवेशपत्र प्रदान, नाका खुलाउन पहल

सिमानादेखि नेपालतर्फ ३० किलोमिटरसम्म बसोबास गर्ने स्थानीयलाई सीमा प्रवेशपत्र प्रदान गरिएको हो। नाका सुचारु भए उनीहरू तिब्बतको रिउ बजारसम्म आउजाउ गर्न पाउँछन्।

देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा २ जना बेपत्ता

बिहीबार बिहान सात बजेतिर नदीमा नुहाउन गएका कैलाली धनगढी– ३ मिलनचोकका पंकज दाहाल र भारत आसामका १९ वर्षीय भोजराज अधिकारी बेपत्ता भएका छन्।  

बिहीबार कुन–कुन प्रदेशमा हुनेछ वर्षा?

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ। 

काठमाडौँ महानगर र अभियन्ता 'ई'बीच सहमति

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापनको माग गर्दै धर्नामा बसेका अभियन्ता ई र काठमाडौँ महानगरबीच बुधबार साँझ ४ बुँदे सहमति भएको हाे।

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध हुने सजायबारे अस्पतालबाहिर सूचना टाँस्नुपर्ने 

साथै स्वास्थ्य सेवा पाउनु सबै नागरिककाे नैसर्गिक अधिकार भएकाे भन्दै आफ्नो सेवा नराेक्न पनि सबै अस्पतालहरूलाई आग्रह गरेकाे छ।

फेवाताल जोगाउन गरिएको आदेश पालना नभएपछि सर्वोच्चको परमादेश, फर्किएला त फेवातालको अतिक्रमित जग्गा?

सर्वोच्चले बर्षायाममा तालको पानीले जहाँसम्म छुन्छ, त्यहाँबाट ६५ मिटर नापेर सीमा कायम गर्नू भनेको छ। अदालतको यो परमादेशसँगै फेवातालको अधिकारक्षेत्र कहाँसम्म पर्छ भन्ने विवाद टुंगिएको छ। 

सर्लाहीको मलंगवामा दुई समुदायबीच किन भइरहेछ तनाव?

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्- 'विवादमा जोडिएका दुवै पक्षको कुरा सुनिरहेका छौँ। सामाजिक सद्भाव नखल्बलिने गरी कामकारबाही अगाडि बढाइरहेका छौँ। मलंगवा शान्त छ भन्ने सन्देश चाँडै नै आउनेछ।'

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु: सभामुख घिमिरे

उनले बुधबार विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र बुझ्दै यस्ताे बताएका हुन्।

धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह 

वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोगले नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराएको छ।