AnonymousUser

Logout

कस्तो रहनेछ शुक्रबारको मौसम?

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ।

साबिककै विद्यालयमा फर्किए शिक्षक ब्रह्मदेव पासवान

जीतपुरसिमरा उपमहानगरको कार्यालयमा भएको छलफलपछि शिक्षक ब्रह्मदेव पासवानलाई साबिकै विद्यालयमा पठाउने निर्णय गरिएको हो।

मधेशमा मन्त्री आवासका लागि ‘जनक दरबार’ ठड्याउने तारतम्य, घोषणासँगै आलोचना पनि चुलिँदै

मधेश प्रदेशका अन्य प्राथमिकतालाई पन्छाएर मुख्यमन्त्री सरोजकुमार यादवको ध्यान 'जनक दरबार' बनाउन केन्द्रित भएपछि उनीविरुद्ध आलोचनात्मक टिकाटिप्पणी शुरू भएको छ।

सुन तस्करी नियन्त्रणसम्बन्धी आयोगले थाल्यो काम

आयोगले सुन तस्करीसम्बन्धी विभिन्न विषयमा कात्तिक १६ गतेसम्म सूचना र सुझाव संकलन गर्ने जनाएको छ।

काठमाडौँबाट साउदी उडेको नेवानिको विमान बीचबाटै फर्कियो, प्राविधिक जाँच हुँदै

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानको ‘टिकास उपकरण’मा समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो।

पर्यटकलाई सधैँ ‘बैसरी’ पहिरोको चुनौती

मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई सहज बनाउन स्थानीयले सरकारसँग माग गरेका छन्। 

चट्याङसहित हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

सामाजिक सद‍्भाव बिथोल्ने गतिविधि नियन्त्रण गर्नेबारे राष्ट्रिय सुरक्षा परिषद् बैठकमा छलफल

बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायत राष्ट्रिय सुरक्षासँग सम्बन्धित घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएकाे छ।

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा बैठक आह्वान

बिहीबार बिहानका लागि बोलाइएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएको छ।

नेपालगन्ज घटनाः गृहमन्त्रीलाई साढे तीन महिनाअघि नै दिइएको थियो सूचना

सद्‍भाव बिथोलिनेखालका घटनाक्रम तीव्र बनेपछि मंगलबारदेखि कर्फ्यु लगाइएको नेपालगन्जमा सद्‍भाव बिथोल्न केही समूह सक्रिय रहेको सूचना साढे तीन महिनाअघि नै गृहमन्त्रालय पुगेको थियो।

ईपीजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बुधबार बसेको बैठकमा उनीहरूले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुंगाेमा पुर्‍याइ आधिकारिकता दिनुपर्ने भनाइ राखे।

वैदेशिक राेजगारीकाे प्रलाेभन देखाएर ठग्दै आएका पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ

उनीहरूले ८० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

पछिल्लो समय युराेपेली देश नेपाली श्रमिकको रोजाइको गन्तव्य बन्दै गएका छन्।

नेपालगन्जमा सर्वपक्षीय बैठकको निर्णयः सामाजिक सद्भाव बिथोल्ने गतिविधि गर्नेलाई कारबाही गरिने

साथै शान्ति सुरक्षाको वर्तमान अवस्थालाई सामान्य अवस्थामा ल्याउँदै नेपालगन्ज क्षेत्रमा हाल जारी रहेको कर्फ्युलाई घटाउँदै लैजाने निर्णय भएको छ। 

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव

बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मतसम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको यातायातमन्त्री प्रकाश ज्वालाको भनाइ छ।

गोरखामा पहिलाेपटक दिइयाे आमाको नामबाट नागरिकता

 नेपाल सरकारबाट नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएपछि गाेरखामा पहिलाेपटक आमाकाे नामबाट नागरिकता दिइएकाे हाे।

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएकाे पृथ्वी राजमार्ग पीडित पक्ष र प्रहरीबीच सहमतिपछि खुलाइएकाे हाे।

बझाङमा भूकम्प जाने क्रम जारी, ४ म्याग्निच्युडमाथिका ११ भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्।

मेलम्चीमा बाढी: अस्थायी पुल र सडकमा क्षति, यातायात अवरुद्ध

बाढीले पुलमा क्षति पुर्‍याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्।

मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, यातायात बन्द

घटनापछि स्थानीयले पृथ्वी राजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्। ट्रक चालक रौतहट चन्द्रपुर–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ।