AnonymousUser

Logout

सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

विमानस्थल हुँदै ल्याएको सुन र विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ।

दोहोरो नागरिकताको सिफारिस गर्दै वृद्धभत्ता खुवाइरहेका वडाअध्यक्ष 

वडाअध्यक्षले पहिल्यै नागरिकता पाइसकेका व्यक्तिलाई पैसा लिएर उमेर बढाउँदै प्रतिलिपि नागरिकताको सिफारिस दिने गरेको नगरप्रमुख  यादव स्विकार्छन्। यस्तो काम जिल्लाभर भइरहेको आरोपित वडाअध्यक्षको भनाइ छ।

दोलखाको लामाबगरबाट थप ४ किलो सुन बरामद 

ओडारमा लुकाइ राखेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, डीएसपी दीपक खड्काले जानकारी दिए।

पशुपति विकास कोषका सदस्य–सचिव थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव मिलनकुमार थापा, तत्कालीन सदस्य–सचिव प्रदीप ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा तयार भएको छ।

सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको ८ वर्षसम्म पनि भएन स्तरोन्नति

पर्यटकलाई सहज रूपमा ढोरपाटन ल्याउने उद्देश्यले सडक स्तरोन्नति थालिए पनि काम नसकिँदा यातायातका साधन गुड्न नसकेका स्थानीय बताउँछन्।

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

कुस्मामा खोलाले जिप बगाउँदा एकको मृत्यु, दुई जना बेपत्ता

जिपमा सवार अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ७२० ग्राम सुनसहित एक जना पक्राउ

सुन र सुन ल्याउने फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए।

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदै सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदै सहमति भएको छ। सरकारसँग सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन अन्त्य गर्ने भएका छन्।

किन अराजकतामा रमाउँदैछ समाज? 

जघन्य अपराधमा जेलसजाय काटिरहेका व्यक्तिहरू सरकारबाट माफी मिनाहा पाएर छुट्ने हद्सम्मको दण्डहीनता, सरकारी सेवाप्रवाहको दुरवस्था र कतैबाट पनि आशा गर्ने ठाउँ देखिनछाड्नुको नतिजा समाजमा छरपस्ट हुँदैछ। 

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

मौसमविद्का अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई/चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, मधेश र बागमतीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाँडीगाउँमा पनि मनाइयो इन्द्रजात्रा (भिडियो)

हाँडीगाउँमा मनाइएको इन्द्रजात्रा महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेल प्रतियोगिताका साथै नेवारी खानाका स्टलसमेत राखिएका थिए।

काठमाडौँमा बढे डेंगीका बिरामी, अझै एक महिना जोखिम

काठमाडौँ महानगर स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेंगीका बिरामी नगण्य मात्रामा थिए, तर अहिले बिस्तारै बिरामी बढिरहेका छन्।

अभिनेता अनमोल केसी पक्राउ

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच पाँचबुँदे सहमति भएको छ।

खाद्यको सिमकोट शाखाले बेच्यो कुहिएको चामल

सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५, मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ।

विद्युत् खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेर मृत्यु

शुक्रबार बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादव खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको थियो।   

एउटा धर्मशाला जसले खुट्टा गुमाएर घिस्रिन बाध्य भएका हजारौँलाई हिँडाइरहेको छ  (भिडियो कथा)

गौशालामा रहेको मारवाडी सेवा समितिको धर्मशालाले खुट्टा नहुनेहरूका लागि कृत्रिम खुट्टा निःशुल्क वितरण गर्दे आएको छ। २०५९ सालदेखि हालसम्म करिब ६ हजार जनाले यो सेवा लिइसकेका छन्।

म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा, खानेपानी अवरुद्ध

बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ। १३ घर जोखिममा छन्।