प्यालेस्टिनी सैन्य समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये चार नेपालीको शव इजरायल सरकारले तेल अविवस्थित नेपाली राजदूतावासलाई बुझाएको छ।
सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बाँकी निर्माणकार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुलउपर गरिने भएको छ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि ‘सटल’ बसको व्यवस्था गर्ने घोषणा गरेका छन्।
कात्तिक २ गतेको मतदानपछि आएको नतिजासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विवाद चुलिएको छ।
धरानका राजनीतिक दलहरूले आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनलाई समस्या समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न आग्रह गरेका छन्।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्।
स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्छन्। तर, हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन्।
जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा दिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको छ।
बिहीबार राति घोषणा गरिएको मतपरिणाम अनुसार केसी एक हजार ३७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। अध्यक्षका प्रत्याशीहरू महेशकुमार श्रेष्ठले एक हजार २२५ र आरके शर्माले एक हजार २८१ मत प्राप्त गरे।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
द्वन्द्वपीडितिहरूले आफ्ना माग तथा समस्या सुनुवाइका लागि पटक–पटक सरकारी कार्यालयहरूमा धाउँदा उल्टै अपमानित हुनुपरेको गुनासो गरेका छन्।
संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किरहेको बताए।
नेपालले शान्तिमा विश्वास गर्ने भन्दै इजरायल र हमासबीचको जारी विवादलाई शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपचारका लागि भर्ना गरिएको पेकिङ युनियन मेडिकल कलेज, अस्पताल बेइजिङले उनलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको जनाएको छ।
सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्दै ६ महिनाभित्र मापदण्डभित्रका घरसंरचना भत्काउन आदेश दिएसँगै विस्थापित हुने हो कि भन्ने चिन्ता थपिएको ६५ वर्षीय रामचन्द्र जलारीको भनाइ छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैँमा मौसम सामान्यतया सफा रहने बताए।
बुधबार बसेको सरोकारवालाको बैठकले बिहीबारदेखि कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ।
मंगलबार मात्रै अनुगमनका क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको थियो।