काठमाडौँ महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार पहिचान तथा परिचयपत्र वितरण’ कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ।
धातुका भाँडावर्तन, गहना र इँटा संकलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबधस्थल इशापूर्व १२० देखि दुई सय वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्त्वविद् उद्धव आचार्यले बताएका छन्।
आपसी शत्रुता भुलाई रङ छ्यापाछ्याप गर्ने यो पर्वले अपांगता भएकाहरूमा पनि उस्तै उमंग भरिदियो। जोरपाटीस्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रका अपांगता भएकाहरूले एकापसमा रङ दलेर खुशियाली साटे।
प्रहरीका अनुसार लाइसेन्स नबोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने लगायतका कसुरमा चालक कारबाहीमा परेका हुन्।
सत्तारुढ दल नेकपा एमालेले इलाम– २ बाट सुहाङ नेम्वाङ र बझाङ प्रदेशसभा– १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
जिल्लाका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दुई हजार रोपनी क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अध्ययनमा पाइएको डिभिजन वन कार्यालयले जनाएको छ।
युवायुवती स्वतःस्फूर्त सडकमा निस्केर एकापसमा रङ र अबिर साटासाट गरी रमाइलो गरिरहेका छन्। तर विगतमा जस्तो जबरजस्ती अपरिचित व्यक्तिलाई लोला हान्ने गतिविधि गरेका छैनन्।
दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।
अदानचुली गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए।
हाइटेन्सन लाइनको तार चुँडिएर घरको आँगनमा पुग्दा उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
केही बिरामीलाई थप उपचारका लागि हेटौँडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
होलीमा अनावश्यक हर्न बजाउने, नियमविपरीत सवारीसाधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने बताइएको छ।
पुल निर्माण भएपछि गोरखाको भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज भएको छ।
शुक्रबार राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ पर्दा स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको छ।
१७ महिनाअघि उकालोमा फेहरिस्त उजागर भएसँगै चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउन अघि बढेको प्रक्रिया टुंगोमा पुगेको छ। तर यो प्रकरण टुंगिन बाँकी नै छ।
प्रहरीले वैदेशिक रोजगारका लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने प्रलोभनमा पारी नेपाल ल्याई बन्धक बनाएका चार बांग्लादेशी नागरिकको उद्धार गरेको छ भने उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरे छ।
सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न रायसहित प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद यही चैत २५ गतेसम्म थप गरेको छ।
सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानबारे अध्ययनका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ।