AnonymousUser

Logout

इजरायलबाट २५३ जना नेपालीलाई लिएर फर्कियो नेवानिको विमान

इजरायलमा उद्धारको प्रतिक्षामा रहेका नेपाली विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली बुधबार राति त्यहाँ प्रस्थान गरेको थियो।

बौद्धमा प्रहरीको गोली प्रहारबाट १ घाइते, २ जना नियन्त्रणमा

बौद्धमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली लिन गएको विमान इजरायलमा अवतरण, स्वदेश फर्कन लागेकाहरू विमानस्थलमा

नेपाल फर्किन लागेका कास्कीका सुरज भण्डारीले नेपाल एअरलाइन्सकाे जहाज विमानस्थलमा अवतरण गरिसकेको र आफू जहाज नजिक पुगेको जानकारी दिएका छन्।

दक्ष नेपाली श्रमिकलाई रोजगारी दिन जर्मनी तयार

संघीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ।

आफूलाई प्रहरी भन्दै लुटपाट गर्ने दुई जना पक्राउ

लुटपाटमा संलग्न तामाङ र थापा दुवै जागिर छाडेका (पूर्वप्रहरी) रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहाले बताए।

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’

लामो समयसम्म एकै स्थानमा काम गर्ने, सुरक्षा गार्ड र सवारी चालक, प्रत्यक्ष घाममा, धुलो–धुवाँमा काम गर्ने कामदारमा यो समस्या धेरै पाइएको छ। 

माफी मिनाहा पाएका रिगलविरुद्धको मुद्दा प्रधानन्यायाधीश श्रेष्ठसहितको पूर्ण इजलासमा

यसअघि पहिलो चरणमा भएको सुनुवाइका क्रममा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै असोज २५ गते बेलुकी ५ बजेसम्म लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो।

खोटाङ अस्पतालमा जीवनजलसमेत भेटिएन: आयोग

मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह खोटाङ जिल्लामा प्रभावकारी नभएको पाइएको आयोगका सदस्य मिहिर ठाकुरले बताए।

बझाङमा पुनः भूकम्पको धक्का

बझाङमा असोज १६ को भूकम्पमा एक जनाको निधन र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो। 

कस्तो रहनेछ बिहीबारको मौसम?

सुदूरपश्चिम र कर्णालीको सम्पूर्ण भूभाग तथा लुम्बिनीको पश्चिमी भूभागबाट भने मनसुन बाहिरिइसकेको छ।

सेवाग्राहीसँगको लेनदेनलाई सापटी भनिदिँदा घुस प्रमाणित गर्न कठिनः प्रमुख आयुक्त राई

सर्वोच्च अदालतले 'स्टिङ अपरेसन'लाई मान्यता नदिँदा दिनदहाडै घुस लेनदेन हुँदा पनि आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ। 

सुन छुटाउन पहल गरेका माओवादी नेता महरालाई उन्मुक्ति, छोरा राहुलसहित चारजनाविरूद्ध मुद्दा

तस्करीको सुन छुटाउन पूर्वसभामुख महराका बाबुछोरा दुवैले समान भूमिका निर्वाह गरेको प्रहरीकै अनुसन्धान प्रतिवेदनले छर्लङ्ग पार्छ। तर बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र मुद्दामा प्रतिवादी बनाइएको छ। 

इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन: परराष्ट्र मन्त्रालय

इजरायल सरकारको आफ्नै प्रोटोकल भएका कारण शव व्यवस्थापनमा केही समय लाग्ने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।

दीक्षितको अध्यक्षतामा खोज पत्रकारिता केन्द्रले पायो नयाँ नेतृत्व

बुधबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले कुन्द दीक्षितको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। 

खराब मौसमका कारण मन्थली–लुक्ला उडान ५ दिनदेखि ठप्प, पर्यटक अलपत्र

शनिबारदेखि बुधबारसम्म करिब दुई सयभन्दा बढी उडान स्थगित भएका छन्। लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्या भइरहेको बताउँछन्। 

अपराधीलाई आममाफी विरुद्ध माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

राष्ट्रपतिको राजीनामा माग्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्‍याली गरेका छन्।

इजरायलमा रहेका विद्यार्थी लिन नेवानिको विमान आज राति ११ बजे उड्ने

चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयको भनाइ छ। 

गैरीगाउँ हत्या प्रकरण: आरोपीलाई जन्मकैद मागसहित बुझाइयो प्रतिवेदन

हत्या आरोपित सञ्जय भण्डारीले बयानका क्रममा व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका थिए। प्रहरीले उनलाई जन्मकैदको सजाय माग गर्दै प्रतिवेदन बुझाएको छ।

९ किलो सुन तस्करी प्रकरण: राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा

राहुल महरा, चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई प्रतिवादी बनाइएको छ।

झापामा मृत भेटियो जंगली हात्ती 

सिमसारको दलदलमा आधा डुबेको अवस्थामा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ।