AnonymousUser

Logout

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना: विभाग

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ। 

सट्टेबाजीमा २ अर्बको कारोबार गर्ने व्यक्ति पक्राउ

प्रहरीले अनलाइन बेटिङ साइटमार्फत सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सहकारीको ८० लाख लुटेको आरोपमा २ जना पक्राउ

गत वैशाख २४ गते धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो।

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको हो।

बनेका धारा भत्किन थाले तर आएन पानी

दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो। पाइप गाडिसकेपछि जग्गा विवादले योजना अलपत्र बनेको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष विष्णुप्रसाद आचार्य बताउँछन्।

जेपी स्कुलको जग्गा लिज : महानगरले कारबाही नगर्दा प्रअ पौडेल र व्यापारी मिश्रको बेलगाम मनोमानी

छानबिन समितिले जुद्धोदय स्कुल र व्यापारी एवं ठेकेदार मनोजकुमार मिश्रबीचको जग्गा लिज सम्झौता गैरकानूनी भएको निष्कर्ष निकाले पनि काठमाडौँ महानगरले कारबाही अघि नबढाउँदा चलखेल तीव्र भएको छ।

कैलालीमा नदीमा डुबेर २ बालबालिकाको मृत्यु

कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा शनिबार दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्ला अस्पताल बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएको भन्दै जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

वर्षा भएसँगै घट्दै काठमाडौँको वायु प्रदूषण

वर्षासँगै वन डढेलो तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण आएकाले वायु प्रदूषण न्यूनीकरण भएको डढेलोविद् सुन्दर शर्माको भनाइ छ।

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाइँदै

शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताएकी छन्।

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौँ महानगर

अनुगमनका क्रममा विवरण नबुझाउने सहकारीलाई नियमित कामकारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्नेसम्मको तयारी काठमाडौँ महानगरको छ।

यातायात सञ्जालले जोडियो म्यादीको निस्कोट

मालिका–१ र मंगला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो।

सम्बन्धविच्छेदको बढ्दो तथ्यांक, के हो कारण? (डेटा स्टोरी)

सबैभन्दा धेरै सम्बन्धविच्छेदका घटना बागमतीमा र सबैभन्दा न्यून मधेश प्रदेशमा भएका छन्। जीविकोपार्जनको शैलीमा आएको परिवर्तन, बसाइँसराइ, सामाजिक सञ्जालमा पहुँचलगायत कारण घटना बढेको विज्ञहरू बताउँछन्।

कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

कीर्तिमानी आरोही कामिरिता शेर्पाले आइतबार बिहान ७:२५ मा २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

काठमाडौँको बत्तीसपुतलीमा २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु, ४ पक्राउ

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

कुरिनटारमा क्रसर उद्योग निर्माण रोक्न माग

चितवनको इच्छाकामना–४ कुरिनटारमा बस्तीको बीचमा निर्माण भइरहेको क्रसर उद्योगको निर्माण बन्द गर्न स्थानीयले माग गरेका छन्।

दाङमा २ महिलाको हत्या, १ जना पक्राउ

घोराही शनिबार दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्रीको राजीनामासहितका माग राखेर डा. केसीले थाले अनशन

प्रधानमन्त्रीको राजीनामा, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय पिडकलाई सजायलगायतका माग राख्दै डा. गोविन्द केसीले अनशन थालेका छन्।

वीरगन्ज महानगरले भत्कायो अनधिकृत रूपमा बनाइएका संरचना

महानगरले गीता मन्दिरको मूल प्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्स्काभेटर लगाएर भत्काएको हो।

रूख कटान नहुँदा तनहुँ जलविद्युत् आयोजनाको निर्माण प्रभावित

प्याकेज–३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत् टावर ठड्याउने काम अगाडि बढ्न नसकेका तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठको भनाइ छ।