गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको उपचारका क्रममा मृत्यु भएको छ।
जुद्धोदय स्कुलको जग्गा लिजमा हत्याएर व्यापारी मनोज मिश्रले बनाएको व्यापारिक भवनका सटरहरूमा ताल्चा लगाएको काठमाडौँ महानगर यो प्रकरणमा संलग्नहरूबारे मौन देखिन्छ।
प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने भनिएका पाँच सुरुङमार्गमध्ये बागलुङको बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि यसअघि संघ सरकारबाट बजेट परेर पनि कार्यान्वयन हुन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जनाएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ।
लामो समयसम्म वर्षा नहुँदा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको पर्वतका कृषकले गुनासो गरेका छन्।
उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाले जनाएको छ।
नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको बस कारसँग ठोक्किएपछि नदी किनारमा खसेको हो। बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।
पहिरोले घर बगाउँदा फाक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबाआमा र दुई जुम्ल्याहा बहिनीको मृत्यु भएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए।
कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर बिहीबार दुई मजदुरको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भन्दै एक हजारभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले कन्सल्टेन्सीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।
जिल्ला न्यायाधीशको परीक्षामा २०३ जना सामेल भएकोमा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन्।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई लाखौँ मानिसलाई चरम गरिबी र असमानतामा धकेलेको बताएका छन्।
पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिँदै जसपा नेपालको महाधिवेशन सकिएको छ।
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ।
पहिरो, कटान र बाढीका कारण यातायात सेवाका साथै सडक निर्माणको काम प्रभावित बनेको छ। यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेको योजना प्रमुख ध्रुवकुमार झा बताउँछन्।
स्थानीयको विरोधका बाबजुद व्यवसायी चन्द्र ढकालले पाथीभरामा केबलकार निर्माण थालेपछि भिडन्त निम्तिएको छ। प्रहरी तैनाथ गरेर वैशाख ३१ गते राति २ बजे रूख कटान थाल्दा स्थानीय प्रतिकार गर्न पुगेका थिए।