प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको सुनसहित चार जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरको शिक्षा विभागले शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरिरहेको पाइएको भन्दै चार वटा सामुदायिक विद्यालयका ६१ वटा सटरमा ताला लगाएको छ।
कर्णाली नदीमाथि बनेको झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ११ को जीवितै उद्धार गरिएको छ भने दुई वटा मरेका छन्।
प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।
तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको मनोनयन दस्ताबेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली अगस्टमा नेपाल आउने कोषले जनाएको छ।
विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आइतबारदेखि काम थालेको छ।
कोशी प्रदेश सरकार गठनविरुद्धको रिट आइतबार ‘हेर्न नमिल्ने’मा परेको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुंगे पुलको एकातर्फको लट्ठा चुँडिएर जाली लत्रिएको हो।
निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले २०८० असारमा काम छोडेर हिँडेपछि भवन अलपत्र परेको हो। वनको लागत ११ करोड ५८ लाख रुपैयाँमा रहेको छ।
फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७३ असारमा सम्झौता भएको थियो। २०७५ जेठमा सम्पन्न गर्नुपर्ने काम अझै पूरा भएको छैन।
महासंघले २०७० सालदेखि प्रत्येक वर्ष दिवस मनाउँदै आएको छ। यस अवसरमा कृषि पेसा र कृषकको प्रोत्साहन तथा सम्मानका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ।
दिग्दर्शनमा २६ ऐन, २४ नियम, १४ कार्यविधि, दुई नीति, आठ निर्देशिका, ११ वटा मापदण्डलगायत हालसम्मका परिपत्र समावेश गरिएको मन्त्रालयले जनाएको छ।
परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि कतिपय कृषकले बाँझै रहेको जग्गा खनजोत गरेर धानखेती गर्न थालेका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेका छन्।
सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ।
नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी परेसँगै विद्यार्थी झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ।
नारायणघाट–बुटवल सडकको दुरावस्थाका कारण वार्षिक ६ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि शुक्रबारसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियानमा सरोकारवाला निकायले पनि साथ दिनुपर्ने बताए।
पहिलो खण्डको काम सम्पन्न गर्न शुरूमा ३९ करोड ७१ लाख रुपैयाँमा सम्झौता गरिएकामा अहिले लागत बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको इन्जिनियर ढकालले जानकारी दिए।