एकै सहकारी सञ्चालकले सयौँ बचतकर्ताको रकम हिनामिना गरेका र ती सञ्चालकको सम्पत्ति बेचेर लाख बचतकर्तालाई रकम फिर्ता गर्न सम्भव नहुने बचतकको तर्क छ। सरकारी घोषणा कागजमै सीमित हुने आशंका उनीहरूमा छ।
ट्यांकर चालकहरूले आइतबारबाट विभिन्न माग राख्दै शुरू गरेको आन्दोलनपश्चात निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्रीवितरण रोकेका छन्।
मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो।
चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।
अहिले काठमाडाैँलगायत देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि पारित गरेसँगै पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गर्ने भएको छ।
नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा केन्द्र भागमा देखा परेका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ पुर्जी जारी भएको एक महिना ७ दिनपछि आइतबार पक्राउ परेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
लागुऔषधका रूपमा प्रयोग हुने औषधिको कारोबार गरेको आरोपमा प्रहरीले फार्मेसी सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ।
भ्रष्टाचारको अभियोग लागेर गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै निलम्बित हुँदा र कार्यवाहक नतोकिँदा दैनिक काम लिएर आउने सेवाग्राही मर्कामा परेका छन्।
ललितपुर महानगरपालिकाका अनुसार सीजी फुड पार्कका भवन, कारखाना क्षेत्र र अरू सबै संरचनाहरूको नक्सा पास छैन। महानगरले नक्सापास, व्यवसाय दर्ता र सम्पत्ति करका लागि पटक–पटक ताकेता गर्यो, तर कम्पनीले टेरेन।
प्रहरीले बचतकर्ताको ९४ करोडभन्दा बढी रकम अपचलनको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घरमा क्षति पुगेर विस्थापित परिवारलाई नजिकको विद्यालय र छिमेकीको घरमा राखिएको छ। बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँच जनाको मृत्यु भइसकेको छ।
अभियानको शुरूआत खस सभ्यता, कला, संस्कृति र सम्पदाको खानीको रूपमा चिनिने दैलेखबाट गरिएको छ। सोमबारसम्म चल्ने यो महिनाको प्रदर्शनमा ३२ तस्वीर तथा पाँचवटा भिडियो प्रदर्शन भइरहेको छ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्रान्डिङ’ गर्न थालिएको छ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
४५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ।
मेलम्चीमा बाढीले क्षति पुर्याएको तीन वर्ष बिते पनि धेरै प्रभावित अस्थायी टहरामै बसिरहेका छन्। उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन्।
सीटीईभीटीको प्राविधिक प्रशिक्षण भवन, ठिमीस्थित सूचना प्रविधि ल्याबको कम्प्युटरबाट क्रिप्टोसम्बन्धी कारोबार गरेको आरोपमा सीआईबीले २ जनालाई पक्राउ गरेको छ।
आफ्नो मात्र भनाइ राखेका गृहमन्त्री लामिछानेले पत्रकारको प्रश्नको भने उत्तर दिन चाहेनन्। पत्रकारले केही प्रश्न रहेको बताइरहँदा उनी कार्यक्रम समापन भएको घोषणा गर्दै बाहिरिएका थिए।