AnonymousUser

Logout

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिँदै

नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ।

पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

कीर्तिपुरको मेयरमा १२ स्वतन्त्रसहित २० जनाको उम्मेदवार

कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

तनहुँ बस दुर्घटनामा चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आइतबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये एक चालकको मृत्यु भएको छ।

पृथ्वी राजमार्गको गोरेचौतारामा २ बस ठोक्किँदा २९ जना घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आइतबार दिउँसो दुई वटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन्। 

हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

हुस्सु–कुहिरोले विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगन्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ।

ठेक्का लागेको ५ वर्षमा पनि भएन रणवाङ–दरवाङ सडक कालोपत्र

विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार उपचारका क्रममा निधन भएको छ।

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

दमक नगरपालिका–३ का सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि धपाउन खोज्दा स्थानीय मीनबहादुर भण्डारी आक्रमणमा परेका हुन्।

पहिरो नियन्त्रण भएपछि गाउँ फर्किए बारपाकका विस्थापित

जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षारोपण गरेर पहिरो नियन्त्रण गरिएको छ।

६०१ हप्ता सफाइ गर्दा पनि बागमतीको अवस्था उस्तै

बागमती सफाइ महाअभियान ६०१ हप्ता प्रवेश गरे पनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेका छैनन्।

आठबिसकोटमा बस दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस भेरी करिडोरअन्तर्गत रिठानजिकै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।

जनशक्ति अभावले बन्द हुँदै घरेलु उद्योग

बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको पर्यटन तथा उद्योग कार्यालय प्रमुख पारसिंह थापा बताउँछन्।

भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जलजलाबाट हिमाल हेर्दा…

जलजला म्याग्दीस्थित द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्छ। समुद्री सतहबाट तीन हजार ४२० मिटर उचाइमा रहेको यो क्षेत्र अहिले पर्यटकीय गन्तव्य बन्ने क्रममा छ। 

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा, १ जनाको मृत्यु

बुलिङटार गाउँपालिका–२ भाङबारीमा शुक्राबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा मृत्यु भएको हो।

जुम्लासहितका जिल्लामा नेपालगन्जमा उत्पादित गँड्यौला मलको माग, ढुवानीमा समस्या

जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गँड्यौलाको मलको माग गरेको तर ढुवानीमा समस्या भएको नेपालगन्जस्थित ‘एभरेस्ट अर्ग्यानिक एग्रोफार्म’का सञ्चालक  वीरबहादुर हमाल बताउँछन्।

डीआईजी बढुवामा सकसपछि ३ दरबन्दी थप्ने तयारी, अर्थको सहमति कुर्दै गृह मन्त्रालय

डीआईजीमा बढुवा हुन तीन ब्याचका प्रहरी अधिकृतहरूको ‘लबिइङ’पछि सरकारले दरबन्दी थप्ने प्रक्रिया थालेको छ। गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएमा डीआईजीको बढुवा प्रक्रिया अघि बढ्ने छ।