AnonymousUser

Logout

सिभिल सहकारीका १६ सय बचतकर्ताले मागे ७ अर्ब बचत

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब रुपैयाँ बचत माग गरेका छन्।

बालमन्दिर प्रकरणः विशाल ग्रुपलाई बलियो बनाउने ‘अनुसन्धान’, थप निरीह बन्दै बाल संगठन

नेपाल बाल संगठनको जग्गा प्रकरणमा सीआईबीले प्रचारसहित शुरू गरेको अनुसन्धान आश्चर्यजनक रूपमा सुस्ताएपछि व्यापारिक घराना विशाल ग्रुप थप बलियो र बाल संगठन झन् निरीह हुने अवस्था आएको छ।

उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ।

जापानमा मानव तस्करी प्रकरणमा थप २ जना पक्राउ

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको घटनामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

उत्तर कोरियाले अनुमोदन गर्‍यो रुससँगको सुरक्षा सम्झौता

केसीएनएका अनुसार रुससँगको सुरक्षा सम्झौतालाई नेता किम जोङ उनको आदेशका रूपमा अनुमोदन गरिएको हो।

बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न बागमतीमा मन्त्रालय विभाजन

बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामाले मन्त्रालयको संख्या बढाएर १४ पुर्‍याएका छन्।

विदेश पठाइदिने भन्दै १२ लाख लिएको आरोपमा ३ जना पक्राउ

स्याङ्‌जाको बिरुवा–१ की ५० वर्षीया कमला कुमारी केसी, बागलुङको बडिगाड–९ की २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर–१० का २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वनमन्त्रीलाई सात वटा सरकारी गाडी: छोरा र भाइलाई पनि सुविधा, थप गाडी माग्दै

मन्त्रीले पाउने सुविधाभन्दा तेब्बर धेरै गाडी ओगटेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले छोरा र भाइलाई पनि गाडी दिएका छन्। त्यतिले नपुगेर थप गाडी माग गरिरहेका छन्।

ज्यान मार्ने उद्योगमा दोषी ठहर गण्डकीका पूर्वमन्त्री मनाङे पक्राउ

प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्चले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

नदी क्षेत्रको करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइबाट दुई हजार ८०० किलो फोहोर संकलन गरिएको छ।

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको चांगाधुरी

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल तथा जिपमा यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।

उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

आयोगले सोमबारदेखि लागू हुने गरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको छ।

श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेकाहरूले स्वीकृति पाउने

श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने भएका छन्।

यस्तो छ विद्युत् महसुल विवादबारे लाल आयोगको प्रतिवेदन (पूर्णपाठ)

सरकारले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विद्युत् महसुल विवादबारे गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।

कैलालीमा कुटपिटबाट एकको मृत्यु, पाँच जना पक्राउ

कुटपिटबाट घाइते भएका कैलालीको गौरीगंगा नगरपालिका–११ का सुरेश भुलको उपचारका क्रममा मृत्यु भएको छ।

विद्युत् प्राधिकरणले छनोट गर्‍यो ६४ सौर्य ऊर्जा परियोजना

हाल छनोट भएका ६४ परियोजनाको कुल क्षमता ९७४ मेगावाट बराबर छ।

गौतमबुद्ध विमानस्थलमा मंगलबारदेखि कतार एयरवेजको दैनिक उडान

क्यानका अनुसार कतार एयरवेजले दैनिक दुई उडान काठमाडौँ र एउटा भैरहवाबाट गर्नेछ। योसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको संख्या पाँच पुगेको छ।

भक्तपुरमा लागुऔषध कारोबारको ‘केन्द्र’ बन्दै फार्मेसी

जिल्ला प्रहरी परिसर भक्तपुरले लागुऔषध कारोबारको आरोपमा फार्मेसी र ब्युटीपार्लर सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रणका लागि ‘सर्च’ अभियानसमेत जारी रहेको प्रहरीको भनाइ छ।

नेपाली नागरिकलाई भारतबाट श्रम गन्तव्य देश जान ‘एनओसी’ नचाहिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भइरहेकाले अन्तर्राष्ट्रिय उडान सीमित भई हवाइ भाडा पनि बढेको छ। जसले गर्दा गन्तव्य देशमा जान भारतको बाटो अपनाउनुपर्ने बाध्यता छ।

बागलुङमा ‘पिकअप भ्यान’ दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

घटनामा मृतकको पहिचान खुलिसकेको छैन। एक जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।