AnonymousUser

Logout

नवलपरासीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारुलाई खेतमा आलु रोपिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो।

२८५ जना कैदी बन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ। 

सञ्चालन नहुँदै जीर्ण भयो कुस्मा बसपार्क

कुस्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख रुपैयाँ खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ।

बाढीपछि उजाड बागमती करिडोर [तस्वीरहरू]

असोज दोस्रो साताको बाढी र पहिरोबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका थिए।

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागुऔषध ओसारपसारसहित अन्य तस्करी रोक्न सहज भएको छ। 

एमालेको जागरणसभा : सर्वसाधारणलाई सास्ती, दरबारमार्गको व्यापार प्रभावित

दरबारमार्गमा आयोजित एमालेको जागरणसभाका कारण सर्वसाधारण ट्राफिक जाममा फस्नुका साथै गाडी कम चल्दा उनीहरूलाई गन्तव्यमा पुग्नसमेत सकस भयो। यहाँका व्यवसायी भने व्यापारमा असर पर्दा पसलै बन्द गरेको बताउँछन्।

जागरणसभाका क्रममा फोहोर गरेको भन्दै एमालेलाई १ लाख जरिबाना

काठमाडौँ महागरले जागरणसभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरी पत्र पठाएको छ।

पूर्ण कार्यान्वयनमा आएन नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको बताउँछन्।

आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रबाट ३ सदस्य थप

सरकारले मंसिर १३ गते काठमाडौँमा हुने सीमा व्यापार तथा निगमका लागि नेपाल–चीन समन्वय संयन्त्रको दोस्रो बैठकको वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ।

जसको २० वर्ष जग्गाको आशामा बित्यो

टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मुक्तकमैया, सुकुमबासी मात्रै नभई तत्कालीन टीकापुर विकास समितिका कर्मचारीसमेत उचित व्यवस्थापनको आशामा बसोबास गर्दै आएका छन्।

सत्तारुढ एमालेको जागरणसभाले सर्वसाधारणलाई सकस (तस्वीरहरू)

सत्तारूढ दल एमालेले दरबारमार्ग क्षेत्रको सडक बन्द गरी आयोजना गरेको जागरणसभाका कारण सर्वसाधारणलाई आवतजावतमा सकस भएको छ।

स्वास्थ्य सेवा ऐन ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन प्रक्रिया अघि बढाएको छ।

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। 

दोस्रो किस्ता भुक्तानी नहुँदा पहिरोपीडितको आवास निर्माण अलपत्र

संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका पहिरोपीडितलाई आवास निर्माणको पाँच लाख ५० रुपैयाँ तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएको थियो। उनीहरूले हालसम्म ५० हजार रुपैयाँ मात्र भुक्तानी पाएका छन्।

हवाई भाडा अनुगमन गर्न पर्यटन मन्त्रालयले बनायो कार्यदल

अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले कार्यदल गठन गरेको छ।

नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति

सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ।

सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक

कतिपय देशमा विद्यालय तहदेखि सडक सुरक्षा शिक्षा दिइन्छ भने कतै यस्तो शिक्षा दिन ‘ट्राफिक पार्क’ बनाइएको छ। तर नेपालमा ट्राफिक प्रहरीकै जिम्मामा छाडिएको सडक सुरक्षा शिक्षा औपचारिकतामा सीमित छ।

उपत्यकामा ३ जना मृत भेटिए 

काठमाडौँ उपत्यकामा बिहीबार तीन जना मृत भेटिएका छन्।

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन्। 

असोजको बाढी: क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरूलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ।