डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न पुगेका दुई समूहबीच झडप भएको छ।
दलित समुदायमाथि भइरहेको जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रूपमा अन्त्य गर्न ऐनको व्यावहारिक रूपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने दलित अधिकारकर्मी बताउँछन्।
प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।
भोजपुर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ।
लाइट हुँदा चालकहरूले ट्राफिक नियम पालना गर्न सजिलो हुन्छ । तर नभएको अवस्थामा चोकमा प्रहरीले उभिएर हातको इशाराले ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध भएको छ।
फैसलामा दुवै प्रतिवादीको कम्पनी व्यवस्थापन, आर्थिक कारोबारमा प्रत्यक्ष संलग्नता र सहकारीबाट रकम प्रवाहमा भूमिका देखिएको भन्दै उनीहरू कसुरदार रहेनछन् भनी तत्काल विश्वास गर्न नसकिने उल्लेख छ।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न अस्वीकार गरेसँगै पूर्वगृहमन्त्री रवि लामिछाने थुनामै रहने भएका छन्।
तीनकुने घटनामा झन्डै दुई महिनाको अनुसन्धानपछि प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ।
प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा परेको छ भने यसमा मात्रै ११ हजार ४८ मुद्दा दर्ता रहेका छन्।
अपि हिमाल गाउँपालिकाभरका २४ सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन्।
यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
निजामती विधेयक संसदीय समितिबाट पारित भएको एक साता नबित्दै उच्च प्रशासकहरूले 'कुलिङ पिरियड'मा असहमति जनाउँदै त्यसलाई सच्याउन सभामुख, राष्ट्रियसभा अध्यक्ष र राजनीतिक दलका नेताहरूसँग आग्रह गरिरहेका छन्।
सरकारले हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलाई गाभेर सरकारको स्वामित्वमा केही हिस्सा मात्र राखी बाँकी शेयर निजी क्षेत्रलाई बिक्री गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने गरी कार्ययोजना बनाएको छ।
मौलिक सभ्यता बोकेको यस बस्तीमा एक अनौठो चलन छ। यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ। कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो।
बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। पानी पर्ने बित्तिकै सडकको बेहाल हुने गरेको छ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेलधुरामा धक्का महसुस गरिएको थियो।
एक भाले, दुई पोथी र चार लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए।
नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिरोको कारण पत्ता लगाउन सरकारी विज्ञ टोली बिहीबार हुम्ला आइपुगेको छ।
हुम्लाको नाम्खा गाउँपालिकाको तिलगाउँमा जेठ १ गते आएको बाढीपहिरोबाट प्रभावितका लागि कर्णाली प्रदेशले बिहीबार राहत सामग्री पठाएको छ।