AnonymousUser

Logout

नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग मिलेर उभिन्छ : परराष्ट्र मन्त्रालय

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै नेपालले आतंकवादविरुद्धको वैश्विक प्रयासमा सबैलाई साथ दिने प्रतिबद्धता जनाएको छ।

नेपाल–भारत सीमा क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था

गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।

फेवातालमा डुंगा पल्टिएर फसेका ७ जनाको सकुशल उद्धार

एक्कासि आएको हावाहुरीका कारण डुंगा पल्टिएर फेवातालको बीचमा फसेका भारतीय पर्यटकसहित सात जनाको सकुशल उद्धार भएको छ।

अनलाइनमार्फत प्रलोभनमा पारेर २ करोड ६३ लाख ठगी, ७ जना पक्राउ

सामाजिक सञ्जालमार्फत फेक अकाउन्ट बनाएर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्न माग

वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि किसानले उत्पादन गरेका खाद्यवस्तुको बजार सुनिश्चितता गर्नुपर्ने धारणा राखेका छन्।

‘राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानून आवश्यक’

सांसदहरूले गौरवका आयोजना कार्यान्वयनमा देखिएका समस्याको गाँठो फुकाउन तथा निर्माण सम्पन्न आयोजनाबाट लाभप्राप्त गर्न आवश्यक नीतिगत निर्णय हुनुपर्ने बताएका छन्।

चितवनमा रेबिज लागेर १ जनाको मृत्यु

इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिज लागेर मृत्यु भएको छ। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

तीनकुनेमा बसको ठक्करबाट १ जनाको मृत्यु, ३ घाइते

बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको मृत्यु भएको छ।

जुम्लाको गुठीचौरमा विद्युत् अवरुद्ध हुँदा ४८० घरधुरी अन्धकारमा 

अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ।

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

एक महिनादेखि दुई दर्जन डोजरले प्रकृति दोहोन गरिँदा नजिकैको स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सबै सरोकारवाला निकाय बेखबर झैं भए।

काभ्रेबाट ४९ रोहिंग्या शरणार्थीलाई काठमाडौँ फर्काइयो

काठमाडाैँको कपनबाट गएर गत सोमबार साँझदेखि धुलिखेल नगरपालिका–१२ मा बस्दै आएका उनीहरूलाई काठमाडाैँ फिर्ता गरिएको हो।

कोशी प्रदेश सरकारले नागरिकका नाममा लगानी गर्ने

प्रदेश सरकारले नीति एवं कानून निर्माण गरी गरिबीको रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए।

बालमन्दिर जग्गा प्रकरणः तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गर्दै कार्यान्वयनका लागि आइतबार पत्र पठाएपछि आज सरकारी वकिलको कार्यालयले ६० करोडभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो।

मकवानपुरमा सवारी दुर्घटना ९ जना घाइते, ६ गम्भीर

खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बुधबार बिहान दुर्घटनामा परेको हो।

बाढीले बगायो कमलाको काठेपुल, जोखिम मोलेर आउजाउ गर्दै स्थानीय

सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ। करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरै छ।

वैदेशिक रोजगार ऐन संशोधनः सरकार व्यवसायीको पक्षमा, श्रमिकका मुद्दा अलपत्र

प्रतिनिधिसभाले पारित गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक र श्रम मन्त्रालयले तयार गरेको वैदेशिक रोजगार ऐन संशोधन विधेयकको मस्यौदा दुवैमा म्यानपावर व्यवसायीको हितलाई प्राथमिकता दिइएको छ।

बालमन्दिर जग्गा प्रकरण : तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनालाई मुद्दा चलाउने निर्णय

महान्यायाधिवक्ताको कार्यालयले नक्सालस्थित बाल संगठनको जग्गा हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ।

एमाले धनुषा अधिवेशनमा झडप

सत्तारुढ दल नेकपा एमालेको धनुषा अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा केही नेता कार्यकर्ता घाइते भएका छन्।

पूर्वमन्त्री प्रदीप नेपालको निधन

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको मंगलबार अपराह्न उपचारका क्रममा निधन भएको छ।

संक्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट विश्वसनीय बनाउन माग

मानव अधिकार तथा नागरिक समाजमा आबद्ध १० संस्थाले द्वन्द्वपीडित समुदायको गम्भीर सरोकारलाई तत्काल सम्बोधन गर्ने गरी पदाधिकारी छनोट प्रक्रियालाई विश्वसनीय बनाउन माग गरेका छन्।