AnonymousUser

Logout

मकवानपुर बस दुर्घटना: मृतकको संख्या ३ पुग्यो

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाडौँमा र अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर रेफर गरिएको छ भने दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुई महिना लामो ‘अन्डरकभर अपरेसन’पछि लिइएको थियो अध्यागमनमा एक्सन, साँठगाँठ कहाँसम्म?

गत बुधबार अध्यागमन कार्यालयमा छापा मारेसँगै उजागर भएको पछिल्लो भिजिट भिसा प्रकरणसम्म पुग्न अख्तियारले दुई महिना लामो विशेष अपरेसन सञ्चालन गरेको थियो। के कारणले जोडियो यसमा गृहमन्त्रीको नाम?

इमेज सहकारी ठगी मुद्दामा ढोरपाटनका नगरप्रमुख नेपालीलाई थुनामा राख्ने आदेश

अदालतले पोखराको इमेज सहकारी ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। 

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पार्टीविशेषबाट क्षेत्र कब्जामा लिनु विधिको शासन विपरीत हुने आयोगको भनाइ छ।

रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर सोमबार दिउँसो २ः२५ बजे भूकम्प गएको छ।

हिमाली क्षेत्रमा औसतभन्दा अधिक वर्षा, मासिँदै माटोका छाना भएका घर

विशेष गरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा माटोबाट निर्मित पुरातन सांस्कृतिक शैलीका घर वर्षाका कारण नासिँदै गएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताए। 

वसुन्धरामामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँको वसुन्धरामा दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

हिमाली जिल्लाका लुलु गाई: संरक्षणतर्फ ध्यान नपुग्दा लोप हुने खतरा

कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरू लोपोन्मुख हुन थालेका हुन्।

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्।

दूध अभावले बन्द भयो ‘चितवन मिल्क’

सहकारी र फार्मले दूध नल्याएपछि आफैँले दूध किनेर उद्योग सञ्चालन गर्ने योजना बनाए पनि दूध पाउन नसकिएको प्रबन्धक दुर्गा पराजुलीको भनाइ छ।

तीनकुने घटनामा रवीन्द्र, धवलशमशेर, दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दायर

तीनकुने घटनामा रवीन्द्र मिश्र, धवलशमशेर जबरा, दुर्गा प्रसाईं लगायतविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अभियोगपत्र दायर भएको छ।

कानून बनाउन आलटाल, राज्यकोषबाट सुविधा बाँड्नचाहिँ हानथाप

राज्यकोषबाट पूर्वउच्चपदस्थहरूले पाइरहेको सुविधालाई गैरकानूनी ठहर गर्दै कानून बनाएर मात्र सुविधा दिन सर्वोच्चले परमादेश दिएको १४ वर्ष बित्यो। सरकार कानून बनाउन होइन, तजबिजमा सुविधा बाँड्न तल्लीन छ। 

इलाममा विषाक्त च्याउ खाएका ३ जनाको मृत्यु

विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

यसपालि विपद्‍बाट २० लाख नागरिक प्रभावित हुने अनुमान

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहतको व्यवस्था मिलाउनुपर्ने अवस्था आउन सक्ने आकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसी बताउँछन्।

अन्तिम चरणमा ग्वार्को ओभरपास [तस्वीरहरू]

अहिले ओभरपासमा पेन्टिङ, ट्राफिक साइन र कालोपत्रेको काम भइरहेको छ। मौसमले साथ दिए जेठ मसान्तभित्र ओभरपास सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

भोजपुरमा मकैबालीमा फौजी किराको प्रकोप

भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ।

२४ वर्षदेखि न्यायको पर्खाइमा शुक्लाफाँटा आरक्षका विस्थापित 

शुक्लाफाँटा वन्यजन्तुआरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएका ६०० परिवार अझै पुनर्स्थापनाको पर्खाइमा छन्। उनीहरू २०६४ सालयता शिविरमा बसोबास गर्दै आएका छन्।

मादी नदीमा जिप खस्दा ३ जनाको मृत्यु 

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको प्रहरीले जनाएको छ।

ललितपुरमा बसको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

ललितपुरमा शनिबार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।