AnonymousUser

Logout

मन्त्रिपरिषद्ले अनुमोदन गर्‍यो बजेट

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरेको छ।

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको बताएका छन्।

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ।

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

बुधबार बिहान ११:५६ बजे फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

लमजुङमा आगलागी, १ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार आगलागीमा परी दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको छ।

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सुनसरीको तिरुपति काठ उद्योगमा आगलागी

बुधबार बिहान साढे दुई बजेदेखि लागेको आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

दक्षिण कोरियाको एनओसी रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

आदेशमा प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीको अनुमति रोक्ने निर्णयले उनीहरूलाई अपूरणीय क्षति पुग्ने हुँदा रिटको अन्तिम किनारा नलाग्दासम्म सूचना कार्यान्वयन नगर्न भनिएको छ।

यसै साताको अन्त्यसम्म मनसुन नेपाल भित्रिने

नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ भए पनि वर्ष मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेश गर्न कार्यदल गठन

ग्रीन हाइड्रोजनसम्बन्धी अध्ययन तथा उद्योग स्थापना सम्बन्धमा प्राप्त प्रस्तावअनुरूप परियोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयलाई अख्तियारी दिने निर्णय पनि बैठकले गरेको छ।

खेत र खोलामा मारेको माछा बेचेर गुजारा चलाउनेहरू समस्यामा

माडीफाँट र तिनाउ खोलामा मात्रै होइन, पाल्पाका विभिन्न साना–ठूला खोलामा पाइने माछाको संख्या घट्दै गएको पाइएको छ। जसका कारण माछा मारेरै जीविकोपार्जन गर्नेहरू समस्यामा परेका छन्।

सडकमा असुरक्षित बालबच्चा, अभिभावक नै बनाइरहेछन् दुर्घटनाको ‘पासो’

बर्सेनि सडकमा हुने दुर्घटनामा कलिला बालबालिकाको मृत्यु र घाइतेको आँकडा झट्ट हेर्दा भवितव्य जस्तो लाग्छ, तर यसका पछाडि अभिभावकको लापरबाही सबैभन्दा डरलाग्दो छ।

गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेज गर्न माग

यातायात व्यवसायीले संघीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले यातायात नियमावली ल्याएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन्। माग सम्बोधन नभए जेठ १९ गतेदेखि सवारीसाधन नचलाइने उनीहरू भनाइ छ।

मधेश प्रदेश सांसद सरोजकुमार सिंहका स्वकीय सचिव पक्राउ

अख्तियारको टोलीले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ।

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

प्रमुख प्रतिपक्षीलगायत दलका सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद् बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

आयोजना बैंकमा निरन्तर छेडखानी : कानून लत्याएर बजेटमा मनोमानी

कानून मिचेर प्रोजेक्ट बैंकमा हुने छेडखानी र बजेटमा अनुकूलता खोज्ने परिपाटी भने हरेक वर्ष दोहोरिइरहेको मात्र छैन नियति नै बनेको छ।

राप्ती गाउँपालिकामा फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

राप्ती गाउँपालिकामा फोहोरलाई व्यवस्थापन गरेर नगल्ने फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन गर्न थालिएको छ।

म्याग्दीमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटर चालकको मृत्यु

धवलागिरि गाउँपालिका–३, मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटर चालकको मृत्यु भएको छ।

बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो।

नवलपरासीमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, १ गम्भीर

टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीन जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ। उनीहरू एउटै मोटरसाइकलमा सवार थिए।