AnonymousUser

Logout

यातायात व्यवसायीको आन्दोलनले यात्रुलाई हैरानी

छोटो दूरीको यात्रा गर्ने यात्रु पैदलै तथा तीनपांग्रे अटोरिक्सा र राइड शेयरिङमार्फत गन्तव्यतर्फ लागे पनि टाढा जाने यात्रु सडक किनारमा सवारीसाधनको प्रतीक्षामा बसेका छन्।

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो।

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन प्रहरीको आग्रह

विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको नेपाल प्रहरीले जनाएको छ।

सार्वजनिक यातायात नचल्दा यात्रु मारमा

यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।

देशका केही पहाडी भेगमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कमल थापासहित सात जना रिहा, एक जना हिरासतमै

काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई रिहा भएका छन्।

कोटेश्वर, बल्खु र सिफलबाहेकका स्थानमा विरोधका कार्यक्रम गर्न रोक

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खुबाहेकका स्थानमा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

बाढीले जलविद्युत् आयोजना बगाउँदा २५० परिवार बिजुलीविहीन

संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ।

तिंकरवासीलाई ६ महिनापछि घर फर्किन भारतीय भूमि र अनुमतिको भर

केही वर्षअघि तिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो। गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र अनुमतिको भरपर्नु परेको छ।

बाढीले संखुवासभामा लघु जलविद्युत् आयोजना र सडक बगायो

संखुवासभामा बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा क्षति पुगेको छ।

रहेनन् गायक रसिक

गायक तथा लेखक गणेश रसिक (राई)को ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ।

नारायणचौरबाट कमल थापासहितका प्रदर्शनकारी पक्राउ

थापासहितका प्रदर्शनकारी राजसंस्था पुनर्स्थापना मागसहितको प्रदर्शनका क्रममा नारायणचौरबाट बालुवाटार जाँदै गर्दा पक्राउ परेका हुन्।

यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान

‘राइड शेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा उनीहरू गएका थिएनन्।

डोटीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ८ घाइते

दुर्घटनामा घाइते जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

सत्य निरूपण आयोग अध्यक्षको अभिव्यक्तिप्रति द्वन्द्वपीडितको आपत्ति 

द्वन्द्वपीडितको पीडा, आँसु, कथाव्यथा र अनुभवलाई बेवास्ता गर्दै, पीडितलाई धम्की दिने शैलीमा जवाफ दिनु संक्रमणकालीन न्यायको मर्मविपरित एवं अशोभनीय, अमर्यादित र निन्दनीय रहेको पीडितको भनाइ छ।

साढे २ अर्बभन्दा बढी रकम हिनामिना आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राय पक्राउ

बैंकका तत्कालीन सीईओ रायलाई बचतकर्ताको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियाबाट सीआईबीको टोलीले पक्राउ गरेको हो।

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष: हीरक महोत्सव मनाइँदै  

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा जेठ २२ गतेसम्म हीरक महोत्सव मनाइँदै छ।

पोल गाडेर फेवातालको सीमांकन थालियो

सहजीकरण समितिले फेवाताल छुटाउने गरी ‘डिजिटल’ रूपमा एक हजार ५५ वटा पोल गाडिने जनाएको छ। सोहीअनुसार शनिबार सात वटा पोल गाडिएका छन्।

डाइभर्सन बनाएर एकतर्फी खुल्यो धरान–धनकुटा सडक

लेउतीखोलामा डाइभर्सन बनाएर धरान–धनकुटा सडक खण्ड एकतर्फी खुलाइएको छ।

सप्तरीमा हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

सप्तरीमा शनिबार बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ।