AnonymousUser

Logout

दरबारमार्गको निर्माणाधीन भवनमा अस्ताएका विशाल, पहिलो कमाइले किन्न चाहन्थे नयाँ मोबाइल

ज्यालामजदुरी गर्न बर्दियाबाट पहिलोपटक काठमाडौँ पसेका विशाल चौधरीको यही यात्रा अन्तिम बन्यो। निर्माणाधीन नौतले भवनमा निर्माण सामग्री ओसार्ने लिफ्टसँगै चार तलाबाट बजारिएका उनी त्यहाँबाट उठ्नै पाएनन्।

बाढीपहिरोले देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर र रोल्पास्थित शहीद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन्।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ नगरपालिका–१० दब्ल्याङस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।

वीरगन्जमा खानेपानीको संकट, दीर्घकालीन समाधानमा जोड

महानगरले ट्यांकर तथा दमकमबाट पानी ल्याएर वितरण गरिरहेको छ। यसरी खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्थानीय बताउँछन्।

बाढीले उपल्लो मुस्ताङमा ४ पुल बगायो, २ वटामा क्षति

बाढीका कारण जोखिमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित न्याम्डो गाउँका दुई परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

रसुवा बाढी अपडेट : ९ शव फेला, १९ जना अझै सम्पर्कविहीन

रसुवामा बाढीमा परी बेपत्ता भएकामध्ये नौ जनाको शव फेला परेको छ। अझै १९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् परिषद्को बैठक: रसुवागढी बाढीमा बेपत्ताको खोज-उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

राष्ट्रिय विपद् परिषद्को बैठकले रसुवागढी बाढीमा बेपत्ताको खोज-उद्धारलाई प्रभावकारी बनाउने तथा चीनसँगका वैकल्पिक नाकाको सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ।

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

रसुवा बाढीको कारण पत्ता लगाउन भूउपग्रह तस्वीर अध्ययन गर्दै मौसम विभाग

जल तथा मौसम विज्ञान विभागले रसुवाको भोटेकोशीमा आएको बाढीको कारण पत्ता लगाउन भूउपग्रह तस्वीर अध्ययन गरिरहेको जनाएको छ।

उद्धारका लागि गएको सेनाको हेलिकप्टर चिनियाँ क्षेत्रमा ‘फोर्स ल्यान्डिङ’

रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टर ‘प्राविधिक समस्या’का कारण चिनियाँ क्षेत्रमा ‘फोर्स ल्यान्डिङ’ गरिएको छ।

प्रधानमन्त्रीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका प्रधानमन्त्री ओलीले बाढीबाट भएको क्षति, उद्धार र राहत वितरणमा चासो व्यक्त गरेका छन्।

उपल्लो मुस्ताङमा बाढी, कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

उपल्लो मुस्ताङको लोमान्थाङमा आएको बाढीले चारभन्दा बढी पुल र कल्भर्ट बगाएको छ। स्थानीय तहले कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

रसुवा बाढी : ६४ सवारीसाधन बगे, २० जना सम्पर्कविहीन

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ६४ वटा सवारीसाधन बगाएको छ। प्रहरीका ३ जनासहित २० जना सम्पर्कविहीन छन्। विद्युत् आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन रोकिएको छ।

तिब्बतमा भारी वर्षा: सिन्धुपाल्चोकमा सतर्कता अपनाउन आग्रह

तिब्बतको न्यालममा मंगलबार राति भारी वर्षको सम्भावना रहेकोले सिन्धुपाल्चोक प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

रसुवा बाढी अपडेट : सात शव फेला

नेपाल प्रहरीले दिएको जानकारीअनुसार रसुवामा आएको बाढीका कारण सात जनाको मृत्यु भएको छ। हालसम्म ५५ जनाको उद्धार गरिएको छ भने १८ जना अझै सम्पर्कविहीन छन्।

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

नेपाल–चीन सिमानामा रहेको ल्हेंदे खोला र भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो धनजनको क्षति पुर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय सरकारी टोलीसहित घटनास्थल पुगेका छन्।

ल्हेंदे खोलाको बाढीमा फसेका ५७ जनाको उद्धार

नेपाल–चीन सिमानामा रहेको ल्हेंदे खोलामा आएको बाढीमा फसेका ५७ जनाको उद्धार गरिएको छ।

विपद् प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदको माग

सांसदले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्।

भोटेकोशीमा बाढीको पूर्वसूचना थिएन, विभाग भन्छ– वर्षाले बाढी आएको होइन, हिमताल विस्फोट हुनसक्छ

रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहानै आएको विनाशकारी बाढी वर्षाको कारण नभएको मौसम विभागले जनाएको छ। त्यहाँ बाढी आउनसक्ने पूर्वसूचना पनि थिएन। त्यसो भए एक्कासि कसरी आयो यति ठूलो बाढी?

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

अवरुद्ध भएको स्थानमा मर्मत गरेर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।