डोल्पामा काल्पनिक विद्यालयको नाममा साढे ७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख, इन्जिनियर रविचन्द्र पजियारसहित ४ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
बालकृष्ण खाणले आफ्ना सहायक नरेन्द्र केसीमार्फत १ करोड रुपैयाँ कांग्रेस नेता आङटावा शेर्पालाई पठाएको र त्यसबाट ३० लाख रुपैयाँ राजु भण्डारीलाई भरपाई गरिदिएको कागजसमेत प्रहरी मिसिलमा राखिएको छ।
गैरकानूनी रूपमा डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई सीआईबीले पक्राउ गरेको छ।
सबै सामग्री तयारी अवस्थामा रहे पनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए।
बारपाकको पुछारमा रहेको दलितबस्ती सबै हिसाबले पिछडिएको छ। २०७२ सालको विनाशकारी भूकम्प गएको १० वर्ष बितिसक्दा पनि यहाँका बासिन्दा अझै त्रिपालभित्र बस्न विवश छन्। दलितबस्तीको मुख्य समस्या शौचालय हो।
काठेखोला गाउँपालिका–७ स्थित तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती शुरू गरिएको छ। अन्य सामुदायिक वनमा पनि खेती बिस्तार गर्ने योजना छ।
उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशंका गरिए पनि एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको प्रहरीले जनाइएको छ।
एमसीए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवा खरिद गर्न बुधबार नै बोलपत्र आह्वान गरिसकेको छ।
विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका पशुपति दयाल मिश्र अहिले नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन्।
पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित भएका छन्।
अग्ला प्लाइउड, सिसा, झ्यालका चौकोस, खसीबोका, सुँगुर, कुर्सीका थाक, ठूला सुटकेश बोकेका यात्रुलाई पछाडि राखेर मोटरसाइकल कुदाउँदा दुर्घटनाको जोखिम बढेको छ।
मधुमेह रोगबाट पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वडाध्यक्ष रत्नबहादुर खत्रीका अनुसार स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा हस्तबहादुरसहित पाँच जना घाइते भएका छन्।
जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा सोमबार दिउँसो ४ बजे पहिरो जाँदा १३ भेडा र एउटा घोडा पुरिएर मरेका छन्।
यसपालिको मनसुन शुरू भएयता एक महिनामा ६७४ विपद्का घटना भएका छन् भने २६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।
संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण शुरू गरिएको छ।
कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन्।
नक्कली शरणार्थी प्रकरणका जाहेरीवाला र साक्षी समेतको बकपत्र वैशाख ९ यता जारी छ। जिल्लामा रहेका र बकपत्रबारे सूचना नपाउने ३० भन्दा बढी साक्षी अझै काठमाडौँ जिल्ला अदालत आएका छैनन्।
बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका छन्। उनीहरूले त्यहाँ त्रिपाल, पुराना च्यातिएका प्लास्टिक र कपडाले ढाकेर टहरा बनाएका छन्।