AnonymousUser

Logout

लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै तेह्रथुमको चोत्लुङ पार्क

परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ।

आज योमरी पुन्हि, धान्य पूर्णिमा र उँधाैली पर्व मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमा पर्वविशेष दिन हो। आज देशका विभिन्न भागमा संस्कृतिअनुसारका पर्वहरू मनाइँदैछन्।

सँगिनी र बालन नाच संरक्षणमा महिला समूह

समूहलाई झापा, मोरङ र सुनसरीका समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ। समूहकी सचिव यशोदा पोख्रेल समूहले गरेको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको  बताउँछिन्। 

देवताको यात्रा...

पाटनमा मत्स्येन्द्रनाथलाई ‘बुहारी’ जसरी भित्र्याउने तयारी भइरहँदा, ६ महिना राखिएको बुंगमतीका स्थानीय भने ‘छोरी’ जसरी बिदाको तयारीमा छन्। दुई वटा मन्दिरमा राखिने मत्स्येन्द्रनाथ एक मात्र देवता हुन्।

धार्मिक पर्यटनको केन्द्र बन्यो धादिङको भैरवी मन्दिर

राम शाहले १६६६ सालमा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो। पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनासलु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

विवाहपञ्चमी पर्व मनाइँदै, जनकपुरका हरेक घरमा दीपोत्सव

भक्तजनहरू बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचन पनि हुँदै आएको छ।

रामजानकी विवाह महोत्सव: अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रस्टका उच्च पदाधिकारी र साधुसन्तसहित ५०० जनाको जन्ती टोली मटिहानी आइपुगेको हो।

पशुपतिसहित देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो

बालाचर्तुदशीको अघिल्लो दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज छर्ने चलन छ।

गोरखामा मनाइयो जुनको उज्यालोमा मकै सुकाउने पर्व

कात्तिक शुक्ल पूर्णिमाको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली स्वस्थ र बलियो हुने धार्मिक विश्वासस छ।

हरिबोधिनी एकादशी पर्व मनाइँदै, देशभरका नारायण मन्दिरमा घुइँचो

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ।

३८ वर्षअघि हराएको मरष्ठी जात्रा ब्युँताउन संघर्षरत चापागाउँवासी

करिब चार दशकअघि मूर्ति हराएपछि चापागाउँको मरष्ठी जात्रा रोकिएको थियो। त्यहाँका युवा जात्रा जोगाउन संरक्षण समिति बनाएर ३ वर्षदेखि संघर्षरत छन्।

फाल्गुनन्द जयन्ती मनाइँदै, कोशी प्रदेशमा सार्वजनिक बिदा

समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।

छठ पर्व शुरू, ४ दिनसम्म हर्षोल्लासका साथ मनाइँदै

छठको पहिलो दिन मंगलबार नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ। 

पितृका सम्झनामा माझी समुदायले पितरा पर्व मनाउँदै

ज्यान गुमाएका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन।

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको घुइँचो

जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ।

आज भाइटीका: उत्तम साइत बिहान ११ः३७ बजे

आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिन्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

मधेशको तिहार ‘सोहरैया’ अर्थात् लोकजीवनको नवीकरण

कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिबाट शुरू हुने ‘यमपञ्चक’का पाँच दिनसम्म मनाइने तिहार मधेशका लागि ‘सोहरैया’ हो।

नेपाल संवत् ११४५ शुरू, देशभर विविध कार्यक्रम आयोजना

लिच्छविकालका राजा राघवदेवको शासनकालमा शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्‌का रूपमा चलेको थियो।

तिहारको चौथो दिन: गाई, गोवर्द्धन र हलीपूजा गरिँदै

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ।

पुरुष नै महिला बनेर नाच्ने मारुनी, जन्मदेखि मृत्यु संस्कारसम्मै  

पश्चिम पहाडका मगर समुदायको लोक संस्कृतिसँग जोडिएको मारुनी नाच तिहारमा मात्र सीमित छैन, जन्मदेखि मृत्युसम्मका संस्कारमै अनिवार्य मानिन्छ।