मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको संगम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ।
बन्दीपुर आएका विदेशी पर्यटक विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन्। शुक्रबार उनीहरूलाई यहाँको संस्कृतिबारे जानकारी गराउँदै मनोरञ्जन गराइएको छ।
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
गुल्मीको भार्सेलाई बाइसे, चौबिसे राज्यकालमा ‘सरायको राजधानी’ मानिन्थ्यो। भार्से अर्कुल राज्यको राजधानी थियो। त्यहाँको भग्नावशेषलाई अहिले अर्कुलकोट भनिन्छ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने चलन छ। सर्वसाधारणलाई टीका लगाउन साइत पर्खिनुनपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
हुकुमअनुसार ईन्द्रचोक कान्तिपुरकी भान्जीछोरी (भान्जी) लाई कुमारी बनाई दैवीशक्ति जीउमा सारेर साल्खा टोलको कुमारी मण्डपमा कुमारी भैरव गणेश र जेठी कुमारीको पूजा गरियो।
महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ। महानवमीमा दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।
फूलपातीको दिन दशैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।
मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ।
बागलुङ नगरपालिका–१ रामरेखाका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन्। दशैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो रूपमा लिने गरिएको छ।
बडादशैँको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदै छ। घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ।
घटस्थापनाको दिनदेखि नौ रातसम्म देवी दुर्गा भगवतीको विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ।
मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ। यसअनुसार धार्मिक महत्वका नदी, सरोवर र कुण्डमा एकाबिहानै तर्पण दिनेहरू भरिभराउ छन्।
मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास शुरू भएको छ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ शुरू हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ।
राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन्।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाउने प्रचलन छ।
जात्राको अन्तर्य बुझ्ने उमेर भएसँगै जात्रामा रमाउनेभन्दा पनि जात्रामा रमाउन आउने मानिसको सुरक्षार्थ खट्न थालेका उनीसहित ८०० स्थानीय हरेक वर्ष इन्द्रजात्रा व्यवस्थापनमा तल्लीन हुन्छन्।
काठमाडौँको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि सोमबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ।
ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ।