समूहलाई झापा, मोरङ र सुनसरीका समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ। समूहकी सचिव यशोदा पोख्रेल समूहले गरेको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको बताउँछिन्।
पाटनमा मत्स्येन्द्रनाथलाई ‘बुहारी’ जसरी भित्र्याउने तयारी भइरहँदा, ६ महिना राखिएको बुंगमतीका स्थानीय भने ‘छोरी’ जसरी बिदाको तयारीमा छन्। दुई वटा मन्दिरमा राखिने मत्स्येन्द्रनाथ एक मात्र देवता हुन्।
राम शाहले १६६६ सालमा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो। पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनासलु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
भक्तजनहरू बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचन पनि हुँदै आएको छ।
रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रस्टका उच्च पदाधिकारी र साधुसन्तसहित ५०० जनाको जन्ती टोली मटिहानी आइपुगेको हो।
बालाचर्तुदशीको अघिल्लो दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज छर्ने चलन छ।
कात्तिक शुक्ल पूर्णिमाको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली स्वस्थ र बलियो हुने धार्मिक विश्वासस छ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ।
करिब चार दशकअघि मूर्ति हराएपछि चापागाउँको मरष्ठी जात्रा रोकिएको थियो। त्यहाँका युवा जात्रा जोगाउन संरक्षण समिति बनाएर ३ वर्षदेखि संघर्षरत छन्।
समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।
छठको पहिलो दिन मंगलबार नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ।
ज्यान गुमाएका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन।
जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ।
आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिन्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिबाट शुरू हुने ‘यमपञ्चक’का पाँच दिनसम्म मनाइने तिहार मधेशका लागि ‘सोहरैया’ हो।
लिच्छविकालका राजा राघवदेवको शासनकालमा शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ।
पश्चिम पहाडका मगर समुदायको लोक संस्कृतिसँग जोडिएको मारुनी नाच तिहारमा मात्र सीमित छैन, जन्मदेखि मृत्युसम्मका संस्कारमै अनिवार्य मानिन्छ।
हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय शहरी क्षेत्रमा बस्ने मैथिल समुदायले कम खेल्ने गरेका छन्।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो।