प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी देशभर मनाइँदै छ।
काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पुस शुक्ल पूर्णिमादेखि शुरू भएको माधवनारायण व्रत पनि अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ।
नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ। नेपाल मगर संघसँगको सहकार्यमा स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ।
नेपाली भाषीको साहित्य, कला तथा संस्कृतिका बारेमा विचार–मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ।
वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्छन्।
विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजा टोली पुग्न थालेका छन्। एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेका छन्।
तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकले मगर, थकालीलगायत जातजातिको पोसाक लगाएर तस्वीर र भिडियो खिच्ने गरेका छन्।
माघे संक्रान्तिलाई लिम्बू समुदायले ‘कक्फेक्वा तङ्नाम’का रूपमा महत्वका साथ मनाउने गर्छन्। यस दिनदेखि लिम्बू समुदायको नयाँ वर्ष शुरू हुने गर्छ।
माघे संक्रान्ति पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुशी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ।
थारु समुदायले पनि यो पर्व विशेष रूपमा मनाउँदै छन्। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ।
समाजले ३०० वर्ष पहिले भक्तपुरबाट बसाइँसराइ गरी आएका बागलुङका नेवार समुदायसँग मिलेर संस्कृति आदानप्रदानको कार्यक्रम गरिएको हो।
युवाशक्ति पलायन भएपछि संकटमा पर्न थालेको पन्चेबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ। अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन्।
त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ।
कर्णालीको राजधानी वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू जम्मा भएर देउडा गाउँछन्।
गुरुङ समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्छन्। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ।
मार्गशीर्ष शुक्ल पूर्णिमा पर्वविशेष दिन हो। आज देशका विभिन्न भागमा संस्कृतिअनुसारका पर्वहरू मनाइँदैछन्।