मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान रमजान महिनामा नै अवतरण भएको थियो। दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो।
आमाको मुख हेर्ने दिनको अवसर पारेर काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेको घुइँचो लागेको छ।
यस वर्षको बोडेको जात्रामा २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर बुवा, ठूलाबुवा तथा काकाहरूले धान्दै आएको परम्परालाई निरन्तरता दिएका छन्।
नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व शुरू हुन्छ। होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलोपानी दलिन्छ।
एकापसमा सिस्नुपानी छ्यापेर ‘बिसु’ पर्व मनाइन्छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ।
५५ हात लामो, नांलो जत्रो फेद भएको लिंगो तान्त्रिक विधिपूर्वक १० कर्म विधान गरी उठाइएको हो। लिंगोको कोखा (टुप्पो)मा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तान्ने गरिन्छ।
विदेशी कालिगड नेपालमा भित्रिरहँदा नेपाली कालिगड भने बाहिरिएको र त्यसलाई रोक्न बेलैमा पहल गर्नुपर्ने कलाकारहरू बताउँछन्।
जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठका लागि नेपाल तथा भारतबाट समेत साधुसन्त र तिर्थालु आएका छन्।
जात्राको अन्तिम दिन पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २०० फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान तान्ने प्रचलन छ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरदमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्तमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाउने चलन छ।
घोडेजात्रा विशेषगरी काठमाडौँ उपत्यकामा मनाउने चलन छ। यसका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ।
प्राणी हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकास हुँदै गएकाले बलिप्रथा हराउँदै गएको हो। बलिको सट्टा नरिवल फुटाएर पूजा गर्ने,फलफूल चढाउने र लाखबत्ती बाल्ने चलन बढेको छ।
पूजाआजा, पास्नी, छैँठी, न्वारन र दशैँ–तिहारजस्ता पर्वमा नाचिने मारुनी नृत्य पाका मान्छेहरूले संरक्षण तथा प्रवर्द्धन गर्दै आएका छन्।
सुदूरपश्चिमका राना थारू समुदायले खखडेहरा पर्व धुमधामका साथ मनाउने गर्छन्। एक महिनासम्म मनाइने 'होरी' समापनका दिन यो पर्व मनाउने चलन छ।
मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होलीको अवसरमा महामूर्ख सम्मेलनको आयोजना गर्ने गरेको छ। सम्मेलनले समाजका अगुवा व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गर्दछ।
मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दैछन्।
होली दिन भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोगव्याध हटेर जाने विश्वास छ।
असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा होली मनाउने चलन छ।
वसन्तपुरलगायत काठमाडौँका विभिन्न स्थानमा होलीको रौनक शुरू भएको छ।
असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा फागु पूर्णिमा मनाउने चलन छ।