मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व शुरू भएको जनाउ दिएका हुन्।
पाल्पा, गुल्मी र अर्घाखाँचीमा आयोजित एघारौँ लोकवार्ता सम्मेलन सम्पन्न भएको छ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि स्थापना गरिएको प्रदर्शनी कक्षमा ३७५ जना विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेका छन्।
संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृत रूपमा अघि बढेको बताएका छन्।
१३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि मनाउन शुरू गरिएको हो।
कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन शुरू भएको छ।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्त आएका छन्।
हाल १३ शान्ति मिसनमा ५४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ।
आज १० लाख भन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।
फागुन सात गतेसम्म चल्ने उत्सवमा विभिन्न क्षेत्रका ६० जना वक्ताले बोल्ने कार्यक्रम छ।
भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन्।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार हरेक वर्ष दुई जना साहित्यकारलाई प्रदान गरिन्छ।
माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारबाट निकालिएको शिला लिएर गएको टोली बुधबार राति अयोध्या पुगेको छ।
४६ वर्षअघि पाटनको नक बहीबाट हराएका लिच्छविकालीन दुई बुद्ध मूर्तिमध्ये एउटा मूर्ति थाइल्यान्डमा फेला परेको छ।
राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने प्रचलन राजा प्रताप मल्लको पालादेखि चल्दै आएको हो।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस पर्वलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।
तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार सोनाम ल्होछार मनाउने गर्छन्।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ।
तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आएका बेला विसं १८८७ मा पहिलो पटक गोरु जुधाएर देखाइएको थियो। त्यसलाई निरन्तरता दिँदै हरेक वर्ष गाेरु जुधाउने चलन छ।