कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
आइतबार रुद्रमती र बागमतीको दोभानबाट रुद्रमतीतर्फ सफाइ शुरू भएको छ। श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर सफाइ थालिएको महानगरले जनाएको छ।
कोशी प्रदेशसहित पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।
कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकले बताउँदै आएका छन्।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, मधेश र गण्डकीका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
उपत्यकावासीलाई सतहमुनिको पानीले सहजता दिलाएको छ। तर सतहमुनिको पानी पनि सुक्दै गइरहेको छ। यसले जमिनसमेत भासिने खतरा बढाएको छ।
लामो समयपछि भएको वर्षाले देशका विभिन्न वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ भने किसानलाई राहत मिलेको छ।
बुधबार सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यस्तै सिमरा र ओखलढुंगामा समान १० तथा ताप्लेजुङमा ८.५ मिलिमिटर वर्षा भएको छ।
जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न छुट्टै निकाय बनाउने विधेयकको मस्यौदाप्रति तालुकवाला वन मन्त्रालयका अधिकारी असन्तुष्ट छन्। विज्ञहरू भने यस्तो निकाय आवश्यक हुने तर मस्यौदा अझै अपूर्ण भएको बताउँछन्।
स्थानीय समुदायको विरोध हुँदाहुँदै सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पाथीभरा केबलकार निर्माणमा सशस्त्र प्रहरी बल खटाएर जबर्जस्ती गरेको छ।
विज्ञहरूले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याएको भन्दै सम्भावित जोखिम नियन्त्रणका लागि सरकारहरूले अहिल्यैदेखि स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
चितवन, बाँके, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइने पाटे बाघले कपिलवस्तुको वनलाई पनि बासस्थान बनाएको हो भने व्यवस्थापनको चुनौती पनि सँगसँगै देखिन सक्ने संरक्षणकर्मीहरू बताउँछन्।
कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार ५२७ को संख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार ५७३ चरा रहेका थिए।
विवादमा पर्ने गरी महानगरले हाँगा छिमलेको चौताराका रूखहरू १०० वर्ष पुराना हुन्। वर–पिपल संरक्षण गर्न प्रदेश सरकारले पाँच वर्षअघि नै ऐन बनाए पनि अहिलेसम्म कार्यान्वयनमा नआउँदा चौताराहरू मासिँदै छन्।
देशहरूको आर्थिक अवस्था, विकास र कार्बन उत्सर्जनमा गरेको योगदानलाई संश्लेषण गरी वित्तीय व्यवस्थामा विकसित, विकासोन्मुख र अल्पविकसित देशहरूको भूमिकाबारे स्पष्ट पार्नुपर्नेमा विज्ञहरूले जोड दिए।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर वार्षिक चार अर्ब ३० करोड टन प्लास्टिक उत्पादन हुने गर्छ। त्यसमध्ये वर्षमा एक करोड ९० लाखदेखि दुई करोड टनसम्म प्लास्टिक फोहोरका रूपमा वातावरणमा आउँछ।