शक्तिशाली सेनाले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई नयाँ प्रधानमन्त्रीको रूपमा देख्न र अर्का पूर्वप्रधानमन्त्री इमरान खानलाई हराउन चाहेको टिप्पणी चुनावी प्रक्रियालाई नियालिरहेका विश्लेषकहरूले गरेका छन्।
दक्षिण कोरियाले १६ देशबाट कोरियाली भाषा परीक्षा लिएर कामदार लैजान्छ। यी कामदार कोरियाको ‘सांस्कृतिक दूत’ पनि भएका छन्। अहिले विश्वभरि नै कोरियाली खाना, संगीत, फिल्म, फेसनको प्रचलन बढिरहेको छ।
एआईका कारण विश्वका केही ठूला कम्पनीले कामदार कटौती गरिरहेका छन्। खासगरी प्रविधि, वित्तीय क्षेत्र, ग्राफिक डिजाइन, फोटोग्राफी आदि क्षेत्रका कामदारले रोजगारी गुमाइरहेका छन्।
अहिलेसम्म सरकारले युरोपका ४० देशलाई वैदेशिक रोजगारका लागि खुला गर्दा ३ देशसँग मात्र श्रम सम्झौता छ। परिणाम जान खोज्ने ठगिने र गएका समस्यामा पर्ने भइरहेको छ। कसरी ठगिन्छन् ‘युरोप सपना’ बोकेकाहरू?
लाल सागरमा सशस्त्र समूह हुथीको आक्रमणले सामुद्रिक व्यापारमा बाधा सिर्जना भएको छ। यसैबीच अमेरिका र बेलायतसहितको गठबन्धनले हुथीमाथि आक्रमण गर्दा विश्व शान्ति नै खलबलिने विज्ञहरूको भनाइ छ।
शैक्षिक परामर्शका लागि खुलेका कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाउने नाममा करोडौँ रुपैयाँ ठगी गरिरहँदा कारबाही गर्नुपर्ने नियामक निकाय आफैँ कानूनी अलमलमा छन्।
करिब तीन महिनादेखि चलिरहेको हमास–इजरायल युद्धका कारण आकर्षक श्रम गन्तव्य देश इजरायमा नेपालले कामदार पठाउन रोकेको छ। तर भारतलगायत देशले धमाधम कामदार पठाउन थालेपछि नेपालको कोटा गुम्नसक्ने देखिएको छ।
नेपाली श्रमिकको रोजगार गन्तव्य खाडी र मलेसिया हुँदै अब जापान, कोरिया तथा युरोपतिर फैलिएको छ। विदेशी सेनामा अवैधानिक रूपमा भर्ती हुने र श्रम स्वीकृति नभएका देशमा जानेका कारण जोखिम पनि बढिरहेको छ।
रुसले नयाँ कानून बनाएर विदेशीलाई समेत ‘कन्ट्र्याक्ट आर्मी’मा भर्ती गरिरहेको छ। आकर्षक तलब र एक वर्षपछि त्यहीँको नागरिकता पाउने लोभमा नेपाल, भारत, बांग्लादेश, क्युबालगायत देशका नागरिक भर्ती भइरहेका छन।
रुसी सेनामा छिरेका नेपालीहरू नौ महिना तालिममै बित्ने र त्यसपछि सीमा सुरक्षाको 'ड्युटी' गर्दै एक वर्षमा ‘पीआर’ पाइने प्रलोभनमा पर्दै छन्। तर पर्याप्त तालिमबिनै युद्धमा खटाइँदा उनीहरूको ज्यान जोखिममा छ।
कुनै समय रोजगारीका लागि दक्षिण कोरिया पुगेका त्रिलोकको तलब ७० हजार रुपैयाँ थियो। १० वर्षअघि त्यहाँबाट फर्किँदा तलब २ लाख पुगिसकेको थियो। त्यसपछि, स्वदेशमै व्यवसाय थालेका उनी २५ जनालाई रोजगारी दिन्छन्।
कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल भन्छन्– ‘कतारसँग हाम्रो सम्बन्ध राम्रै हो, तर कतार सरकारको पनि आफ्नै कूटनीतिक सीमा होला। त्यही भएर हाल चलिरहेको प्रक्रियाबारे जानकारी नगराएको हुनसक्छ।’
च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेको पाँच दिनमै पुनर्बहाली गरेको छ। यी पाँच दिनमा कम्पनीलाई क्षति पुग्ने गरी भएका गतिविधिले पुनर्बहाली बाध्यता बन्यो।
इजरायल र रसिया दुवै आणविक हतियारले सम्पन्न मुलुक मानिन्छन्। यदि, युद्ध आफ्नो नियन्त्रणमा नआए यी देशले कुनै पनि बेला आणविक हतियार प्रयोग गर्न सक्ने भयले विश्वलाई नै त्रसित बनाएको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर एक व्यक्तिको अनुहारमा अर्काको अनुहार राखी नक्कली भिडियो बनाउने प्रविधिलाई ‘डिपफेक’ भनिन्छ जुन वास्तविकजस्तै देखिन्छ, तर नक्कली हुन्छ।
धर्म वा जातका नाममा अतिवाद मौलाउँदा निम्तिने कलहको घाउ कतिसम्म कहालीलाग्दो हुन्छ भनेर देखाउने एउटा होइन, धेरै देशका उदाहरण सामुन्नेमा छन्।
गाजा अस्पताल विष्फोटमा प्यालेस्टिनीहरू मारिएपछि इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे छलफल गर्न साउदीको जेद्दामा भएको ओआईसी बैठकले इजरायलमाथि तत्काल पूर्ण प्रतिबन्ध लगाउन इस्लामिक देशहरूलाई आह्वान गरेको छ।
मृत्यु भएका विद्यार्थीमध्ये कसैले एक करोड रुख रोप्ने प्रण गरेका थिए भने कसैले नेपालमै राम्रो कृषि फार्म सञ्चालन गर्ने सपना बुनेका थिए। उनीहरू अब केही दिनमा रातो बाकसमा नेपाल आइपुग्नेछन्।
बर्सेनि हजारौँ नेपाली महिला गैरकानूनी बाटो घरेलु काममा प्रतिबन्धित देश गइरहेका छन्। त्यहाँ पुगेकामध्ये कतिपय बेचबिखनमा पर्छन् र कैयौँले शोषणमा परेर सामाजिक सञ्जालमार्फत् उद्धारको गुहार मागिरहेका छन्।
युद्धको चपेटामा परेको इजरायलमा रहेका कतिपय नेपालीले सामाजिक सञ्जालमा भिडियो र चिठी राखेर आफूहरूको उद्धार गर्न आग्रह गरिरहेका छन्। तर सरकारले अहिलेसम्म उद्धारको लागि ठोस निर्णय गर्न सकेको छैन।