नेपालीलाई कुनै समय जर्मनी र फ्रान्सजस्ता शक्तिशाली देशले पनि अन–अराइभल भिसा दिन्थे, तर अहिले युद्धमा फसेको र नेपाली शान्ति सेना जाने लेबनानले पनि पत्याउँदैन। किन कमजोर भयो नेपालको राहदानी?
अहिले जो जीवित छन्, उनीहरू पनि कवितामार्फत आवाज बुलन्द गर्न छाडेका छैनन्। प्यालेस्टिनीका पीडा बाँकी दुनियाँसम्म पुर्याउन, के चाहन्छन् प्यालेस्टिनी भनेर देखाउन कविहरू कलम चलाइरहेका छन्।
पर्यटन भिसामा इथियोपिया प्रवेश गर्ने नेपालीको संख्या वार्षिक हजार हाराहारी हुन्थ्यो। ‘तल्लो बाटो’ अमेरिका हिँडेका नेपाली त्यहाँबाट दक्षिण अमेरिका पुग्थे, तर अहिले इथियोपियाले भिसा दिनै रोकेको छ।
न्युजिल्यान्डको जनसंख्याको १९ प्रतिशत माओरी समुदाय र आफ्नो अधिकारको पक्षमा लड्न छुट्टै पार्टी ‘ते पाती माओरी’ खोलेका छन्। त्यही पार्टीबाट निर्वाचित सांसद् हुन् हाना, जो हाका नाचेर चर्चामा छिन्।
अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भए। चुनावी अभियानका क्रममा ट्रम्पले ‘यहुदी कार्ड’ प्रयोग गरेको टिप्पणी हुने गरेको छ।
भारतमा बाबुछोरा, काकाभतिजा न्यायाधीश भएका धेरै उदाहरण छन्। त्यहाँ उखानै बनाइएको छ– ‘जजका बेटा जज ही बनेगा।’ भारतका ५१औँ प्रधानन्यायाधीश बनेका सञ्जीव खन्नामाथि पनि नातावादको प्रश्न उठेको छ।
गाजामा दुईतिहाइ अर्थात् १ लाख ६३ हजारभन्दा बढी भवन खण्डहर छन्, ३६ मध्ये १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा छन्। ८७ प्रतिशत विद्यालय भवन पूर्ण क्षतिग्रस्त छन्। गाजा अनिकाल र भोकमरीको चपेटामा छ।
विभिन्न चरणमा भएका अस्थायी युद्धविरामका बेला नेपाल सरकारले जोडदार पहल गरिदिएको भए आफ्नो छोरा छुटिहाल्थ्यो कि भन्ने एउटै कुराले विपिनका बुवा महानन्दको मन पिरोलिरहन्छ।
‘लेबनान सानो देश छ, जुन कुनामा बम पड्के पनि आवाज यतै सुनिन्छ। अहिलेसम्म यति डरलाग्दो गरी आक्रमण भएको थाहा थिएन। जताततै ड्याङडुङ सुनिन्छ।’
धेरैलाई ‘सरप्राइज’ दिँदै श्रीलंकाले वामपन्थी नेता दिसानायकेलाई राष्ट्रपति किन रोज्यो? यसका पछाडि जोडिन्छ वर्षौंदेखिको कुशासनदेखि राष्ट्रपतीय प्रणाली खारेज गर्ने उनको आफ्नै घोषणा।
सरकारी तवरबाटै विशेष दक्ष श्रमिक निःशुल्क जापान पठाउनेगरी थालिएको प्रक्रिया अहिले भद्रगोल छ। कार्यविधिअनुसार म्यानपावर व्यवसायीले पनि कामदार पठाउन पाएका छैनन्, तर कन्सल्टेन्सीले धमाधम पठाइरहेका छन्।
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा ३ प्रतिशत मत मात्र पाएका ५५ वर्षीय मार्क्सवादी नेता दिसानायके कसरी यति लोकप्रिय बने जसले आगामी निर्वाचन जित्ने चर्चा भइरहेको छ?
वैदेशिक रोजगारीमा कोरिया जाने क्रम बढेसँगै यसको प्रभाव विद्यालयको पाठ्यक्रममा पनि देखिएको छ। पछिल्लो समय केही विद्यालयले कक्षागत पाठ्यक्रममै समावेश गरेर कोरियन भाषा सिकाइरहेका छन्।
नेपालसँग मौखिकरूपमा मात्रै नेपालीलाई रुसी सेनामा भर्ती लिँदैनौँ भनेको रुसले भारतको हकमा भने विज्ञप्ति नै जारी गरेको छ। जबकि रुसी सेनामा भारतीय भन्दा नेपाली धेरै छन्।
विभागको तथ्यांकले दक्ष श्रमिकको संख्या अनुपातमा बढी देखाउँछ। तर यो तथ्यांक बजारको माग र आपूर्तिअनुसार मेल नखाएको भर्खरै सरकारले विज्ञ टोलीमार्फत बनाएको आप्रवासन नीतिको मस्यौदामै उल्लेख छ।
महिलालाई घरेलु काममा जान सरकारले लगाएको प्रतिबन्धले मानव बेचबिखनको जोखिम बढाएको छ। एजेन्टले नेपालबाट भिजिट भिसामा लगेर घरेलु कामदार आपूर्तिकर्ता कम्पनीहरूलाई बेच्ने गरेको पनि पाइएको छ।
पश्चिमा देशहरूले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनिरहेका बेला राजधानी बेरुत र उत्तरी लेबनानमा रहेका नेपाली श्रमिकले अहिल्यै स्वदेश फर्किने सोच नबनाएको बताएका छन्। के छ लेबनानको पछिल्लो अवस्था?
रोजगारीको खोजीमा यूएई हुँदै नाइजेरिया पुगेका रसुवाका कान्छा तामाङ त्यहाँ ठूला निर्माण कम्पनीमा काम गरिसकेका छन्। ८ कक्षासम्म मात्र पढेका कान्छाले विश्वका ठूला कम्पनीहरूमा काम गरेको अनुभव रोचक छ।
रोजगारी तथा विभिन्न कामले गएका करिब सात हजार नेपाली रहेको लेबनान–इजरायल सीमामा तनाव बढ्दो छ। यही बेला सरकारले रोजगारीका लागि इजरायलमा श्रमिक पठाउन आवेदन मागेको छ।
विश्वका ७० भन्दा धेरै देशले एआईसम्बन्धी एक हजारभन्दा बढी नीति बनाइसक्दा नेपालले एउटै नीति पनि बनाउन सकेको छैन। विश्वमा ‘डिजिटल कोलोनाइजेसन’को चुनौतीका अगाडि नेपाल किन कमजोर पर्दैछ?