AnonymousUser

Logout

मलेसियामा बिनाकारण यातना खेप्दै नेपाली, रोजगारदाताले सम्झौता नमान्दा सास्ती

नेपाल र मेलिसियाबीच सन् २०१८ मा भएको 'एमओयू' र मलेसियाको कानून विपरीत रोजगारदाता कम्पनीले कामदारको पासपोर्ट र कागजपत्र राखिदिँदा धेरै नेपाली श्रमिक प्रहरीको फन्दामा परिरहेका छन्।

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यक्रम तामझाममै सीमित

तीनै तहले सहयोगदान गर्ने व्यवस्था भए पनि संघीय र प्रदेश सरकारले वास्ता नगर्दा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्ने योजनामा पालिकाका जनप्रतिनिधिहरूले चुनौती खेपिरहेका छन्।

व्यवसायजन्य सुरक्षाको जोखिममा श्रमिक, नीतिगत व्यवस्थाको अभाव

देशको राजधानीमा काम गर्ने श्रमिक नै व्यवसायजन्य सुरक्षाका साथै न्यूनतम खर्च धान्न पुग्ने पारिश्रमिकबाट समेत वञ्चित भइरहँदा अन्य भागमा काम गरिरहेका मजदुरको अवस्था झनै चुनौतीपूर्ण छ।

अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा?

अमेरिकाले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी, प्रख्यात फुटबलर म्याराडोना, दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला, बलिउड अभिनेता शाहरूख खानलाई पनि भिसा दिएको थिएन। किन अस्वीकार हुन्छ भिसा?

युरोप पुग्ने खाडीको बाटो : अवसरभन्दा जोखिम धेरै

कामदारका रूपमा गएका मात्र होइन भिजिट भिसामा खाडीक्षेत्रका देश गएका नेपाली पनि उतैबाट युरोप तथा अमेरिका जाने क्रम बढेको छ। तेस्रो देश भएर युरोप र अमेरिका जाने प्रयासमा धेरै नेपाली समस्यामा फसिरहेका छन।

जापान गइरहेका नेपालीः विद्यार्थी भिसामा जान सहज, गएपछि कमाउने लक्ष्य कठिन

विद्यार्थी भिसामा जापान जाने धेरैले सपिङ स्टोरमा वा खाना प्याकिङ र यातायात सम्बन्धी काम गर्छन्। जापानले विद्यार्थी भिसालाई सहज बनाए पनि २८ घण्टाभन्दा बढी काम गर्न अनुमति नहुँदा कतिपयले समस्या भोग्छन्।

विदेशमा संगठित नेपाली समाज : किन कमजोर हुँदैछ एकता र हार्दिकता?

समस्यामा परेका नेपालीको उद्धार तथा सामाजिक–सांस्कृतिक कार्यक्रम गर्न विदेशमा रहेका नेपालीले विभिन्न ‘समाज’ गठन गरेका छन्। पछिल्लो समय भने सामूहिक सक्रियतासँगै परस्पर खुट्टा तान्ने प्रवृत्ति बढेको छ।

पोर्चुगलमा लागुऔषध दुर्व्यसनीमा यसरी फसिरहेका छन् नेपाली

अध्ययन तथा रोजगारीको सपना बुनेर युरोप छिर्ने धेरै नेपालीहरूको सहज गन्तव्य बनेको पोर्चुगलको लचिलो कानून र संगतका कारण लागुऔषध दुर्व्यसनीमा फसेका नेपालीहरूको अवस्था चिन्ताजनक छ।

श्रमिकको तलब : सरकारले तोकेको न्यूनतम पारिश्रमिक नै पाउँदैनन्

सरकारले श्रमिकका लागि न्यूनतम तलब मासिक १७ हजार ३०० रुपैयाँ तोकेको छ। महँगीको तुलनामा न्यून रहेको यही तलब पनि निजी क्षेत्रमा काम गर्ने अधिकांश मजदुरले पाएका छैनन्। सरकारले बाध्य पार्न सकेको पनि छैन।

युरोपमा रोजगारीको रहरले कहर : दुर्घटना, अलपत्र र ‘डिप्रेसन’मा नेपाली

युरोपमा रोजगारीका लागि जानेहरूले कानूनी प्रक्रिया नपुर्‍याउँदा र सम्बन्धित देशको कानूनी व्यवस्था नबुझ्दा समस्यामा पर्ने गरेका छन्। उनीहरूलाई सेवा दिन र पिरमर्का बुझ्न अधिकांश देशमा दूतावाससमेत छैन।

कतारमा अल थानी खानदानको शासन : देश निर्माणदेखि सम्पन्नतासम्मको यात्रा

१७औँ शताब्दीको शुरूमा प्रवेश गरेको अल थानी समूहले कतारलाई नियन्त्रण गरी शासन थालेको थियो। पछि अटोमन र बेलायती साम्राज्यले पनि शासन गरे। बेलायतबाट स्वतन्त्रता पाएको ५३ वर्षमै कतारले कसरी तरक्की गर्‍यो?

पोर्चुगलमा आफ्नो जीवन चम्काउँदै अरूलाई उज्यालो छरिरहेकी दीपा

पोर्चुगलका नेपालीहरू दीपालाई विदेशमा छोटो समयै राम्रो प्रगति गर्ने महिलामा गन्छन्। कामदारको रूपमा युरोप छिरेर व्यवसायी बनेकी उनी समस्यामा परेका नेपालीहरूको उद्धारमा दिनरात नभनी खटिइरहेकी हुन्छिन्। 

आतंकवादी हमलाको डरले किन झस्किरहन्छ युरोप?

युरोपमा जारी च्याम्पियन्स लिग र यही वर्ष हुन गइरहेको पेरिस ओलम्पिकमा आतंकवादी हमला हुनसक्ने डरले युरोप त्रसित छ। किन यस्तो भयमा बाँचिरहेको छ युरोप?

म्यानपावर व्यवसायी र सरकारबीच सधैँ किचलो– श्रमिक कसले पठाउने?

इजरायल र दक्षिण कोरियामा कामदार पठाउन म्यानपावर व्यवसायीलाई दिने निर्णय कार्यान्वयनमा नगई सरकारले स्थगित गरेको छ। जर्मनी, जापानलगायत देशमा पनि कामदार पठाउन पाउनुपर्ने व्यवसायीले माग गरिरहेका छन्।

एशियाली कामदार खोजिरहेको क्रोएसियामा सीपबिना पुगेका श्रमिकले बिगार्दैछन् नेपालीको ‘इमेज’

भाषा र सीप नसिकी जानेहरूका कारण नेपाली कामदारको माग घट्दै गएको छ। रोजगारदाता कम्पनीले पनि सीपविहीन नेपाली कामदार नपरून् भनेर फिलिपिनी वा भारतीय नागरिकका लागि मात्र तोकेरै विज्ञापन गर्न थालेका छन्।

प्रणवका एआई तस्वीरमा ‘कान्तिपुरी नगरी’को परिकल्पना

प्रणव कतै कलकल बगिरहेको सफा बागमती देख्छन्, कतै डोकोमा पानी बोकेर हिँडिरहेका तान्त्रिक जामन गुभाजू भेट्छन्। काठमाडौँका बस्तीमा घुसेको लाखेलाई पनि भेट्छन् र उतार्छन् एआई तस्वीरमा।

विदेशको रोजगारीः ओछ्यान र सडकमै ज्यान गुमाउँदैछन् नेपाली

रोग देखिएकाबाहेक सुतेकै अवस्थामा ज्यान गुमाउनेको अवस्था झन् भयावह छ, जसलाई प्राकृतिक मृत्यु भन्ने गरिएको छ। जो राति ओछ्यानमा त सुत्छन्, तर बिहान उठ्नै नसक्ने गरी अस्ताउँछन्। 

युक्रेन र गाजा युद्धमा पिल्सिएका महिला, भोकमरीदेखि याैनहिंसा झेल्दै

हिजो (मार्च ८) विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइयो। तर युद्धको चपेटामा परेका हजारौँ महिलाहरूको अवस्था उस्तै छ।

जर्मनीमा श्रमिक पठाउने समझदारी : पाँच महिनासम्म किन अलमलमा छ सरकार?

श्रमिकको अभाव झेलिरहेको जर्मनी नेपालबाट चाँडै कामदार पाउने आशामा छ। नेपाल र जर्मनीबीच त्यससम्बन्धी समझदारीमा हस्ताक्षर पनि भइसकेको छ। तर नेपाली श्रमिक किन जर्मनी जान पाइरहेका छैनन्?

एआईले निर्वाचनमा विश्वभर यसरी पार्दैछ प्रभाव, नेपालले के सिक्ने?

यो वर्षको शुरूमा पाकिस्तान र इन्डोनेसियामा भएका निर्वाचनमा एआईको भरपूर प्रयोग भयो। मार्च या अप्रिलमा भारत र नोभेम्बरमा अमेरिकामा हुने निर्वाचनमा मतदाता आकर्षित गर्न अहिलेदेखि नै कसरत शुरू भइसकेको छ।