AnonymousUser

Logout

एसीसी कार्यान्वयनको ६ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित

विद्युत् प्रसारण लाइन र सडक निर्माण सुस्त छ। आयोजनाको जग्गा अधिग्रहण र प्राप्तिको काम टुंगिन सकेको छैन। रद्द भएको आयोजनाको पुनः ठेक्का खोल्ने र खरिद प्रक्रिया अब कसरी अघि बढ्न भन्ने अझै अनिश्चित छ।

भरतपुरको पुंगीखोला अतिक्रमणको चपेटामा

पुंगीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन्। भरतपुर महानगरपालिकाले सीमांकन तथा संरक्षणको काम शुरू गरेको छ।

कर्णालीमा खाद्यान्नको चरम अभाव, खाद्य कम्पनीका डिपो रित्तै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुई पटक बोलपत्र गरे पनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिए।

पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्छन्, ‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’

राजा त्रिभुवन भारत निर्वासनमा जाँदा आफूहरू खुला राजनीतिमा आएको र प्रजातन्त्रका पक्षमा नारा लगाएको उनी स्मरण गर्छन्।

बलम्बुमा गोली चल्दा प्रहरी निरीक्षकका अंगरक्षकसहित २ जना घाइते

प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट गोली चल्दा दुई जना घाइते भएका छन्।

संरक्षणको पर्खाइमा चौबिसेका ताल

धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा प्रवर्द्धन हुनसकेको छैन।

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

विसं २०६७ मा स्थानीयवासीले चन्दा संकलन गरेर मार्ग खुलाएको १३ वर्षपछि स्तरोन्नति हुन थालेको हो।

खोले साग बिक्रीबाट लाखाैँ आम्दानी

एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने तथा लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन्।

शुक्लागण्डकी महोत्सवमा खादाको सट्टा पातको माला

यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक स्थानीयरूपमै शमीको पातबाट बनाइएका माला प्रयोग गरिएका छन्।

पोर्चुगलमा नेपालीलाई राहदानी बनाउन सकस

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन। दूतावास आउन ढिलाइ हुँदा नेपालीलाई नयाँ राहदानी तथा नवीकरण गर्न समस्या छ।

विद्यार्थी घटेपछि सामुदायिक विद्यालयलाई आवासीय बनाइँदै

आगामी शैक्षिकसत्रबाट फलेवासको ध्रुव नमूना माविमा बालकक्षादेखि कक्षा १० सम्म नै भर्ना हुने नयाँ तथा पुराना विद्यार्थीलाई आवासीय सुविधा दिइने भएको छ।

काठमाडौँ–तराई द्रुतमार्ग: जेठभित्र २ सुरुङको ‘ब्रेक थ्रु’

द्रुतमार्गको खोकना–बुङमती क्षेत्रमा २१४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ। १६५ रोपनीको भने मूल्य निर्धारण हुन सकेको छैन। 

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्ताबेज पारित

कांग्रेसले महासमिति बैठकमा पेस हुने विभिन्न दस्ताबेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ।

कृषि क्षेत्रको विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति

विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा नीति–निर्माता, सरकार र व्यावसायिक संस्थाले विशेष ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो। 

सुन्तला बेचेर कमलले यो वर्ष कमाए ४० लाख

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। काठमाडौँका अलावा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ।

बागलुङ कालिका मन्दिरमा ७ महिनामा १ करोड ७१ लाख भेटी संकलन

मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा तीन लाख ५७ हजार रुपैयाँ खर्च हुने गरेको हो।

रोकिएन गाडी दुर्घटना: ३ दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा मात्रै चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा गाडी दुर्घटनामा परेर २८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ।

वीर अस्पतालअघि म्याद गुज्रेका औषधि बेच्ने २ फार्मेसी बन्द गर्न निर्देशन

स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए।

कांग्रेस महासमिति बैठकको कस्तो छ तयारी?

कांग्रेसले फागुन ७ गते उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रम सो अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

विद्यालयको सहयोगार्थ सामूहिक व्रतबन्ध

नुवाकोटको शहीद जगतप्रकाश जंग शाह संस्कृति माध्यमिक विद्यालय सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन आयोजित सामूहिक व्रतबन्धबाट पाँच लाख रुपैयाँ संकलन भएको छ।