AnonymousUser

Logout

बन्द भए उत्तरी इलामका विद्यालय, बालबालिका पढाउन भारत जान्छन् अभिभावक

पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा विद्यालय नै बन्द भएपछि बालबालिकालाई पढाउन अभिभावक भारत गएर बस्न बाध्य छन्।

घाँस–दानको भाउ बढ्दै जाँदा घट्यो दूधको मूल्य, चिन्तामा रामेछापका गाईपालक किसान

घाँस र दानको मूल्य बढ्दै जाने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाप्रति आफ्नो आकर्षण घटेको मन्थलीकी गाई फार्म सञ्चालिका जानुका खड्का बताउँछिन्।

पर्यटकको पर्खाइमा तमोर किनारका पर्यटकीय क्षेत्र

नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि आन्तरिक व्यवस्थापन गर्न नसक्दा पर्यटक भित्र्याउन नसकिएको स्थानीयले बताएका छन्।

मगर एकता दिवस मनाइँदै, विभिन्न पालिकामा सार्वजनिक बिदा

मगर एकता दिवसका अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले मंगलबार सार्वजनिक बिदा दिएका छन्।

भारतीय गजल गायक पंकज उदासको निधन

भारतीय चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ।

वीर अस्पतालको फार्मेसीमा बिनाप्रतिस्पर्धा औषधि खरिद

अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको छ।

जंगली जनावरबाट किसानलाई बाली  जोगाउन सकस

करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन्।

हिमाली जिल्लामा खोप लगाउन चुनौती

भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, खोप नलगाउने राउटे समुदाय लगायतका कारण पूर्ण खोपका लागि कर्णालीमा चुनौती खेप्नु परेको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।

कोरोनाले गाउँ फर्काएका चानसिंह: कोदोबाट बिस्कुट उत्पादन गरेर बजार पठाउँदै 

चानसिंह श्रीसले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको छ। बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा पनि पठाएका छन्। 

प्रधानमन्त्रीलाई स्थानीयको प्रश्न– झोलुंगे पुल त बन्यो, मोटरेबल पुल कहिले?

स्थानीयले नजिकैको झोलुंगे पुल समयअगावै बनेको र अर्को पुल १२ वर्षमा पनि नबनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। ३ वर्षभित्र सक्ने गरी २०६८ मा सम्झौता भएको कमला नदीमाथिको पुल अझै बनेको छैन।

कराँते खेलाडी रियाको उच्च शिक्षा पढ्ने चाहना अधुरै

रिया अहिले क्याम्पस भर्ना हुन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छिन्। घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र नभई आफ्नो खेल पनि प्रभावित हुने गरेको उनी बताउँछिन्।

बजेट अभावमा रोकिए ३ जिल्लाका ४ सडक

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको छ।  

खडेरीले पर्वतमा हिउँदे बाली प्रभावित

कतिपय ठाउँमा बालीनाली नै लगाउन पाइएको छैन भने कतिपय ठाउँमा लगाएको बालीनाली राम्रो नहुँदा कृषक चिन्तित बनेका छन्।

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात

हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीयले बताएका छन्।

रुस–युक्रेन युद्धमा निधन भएका जितबहादुरको कुशको शव बनाएर अन्त्येष्टि

गत माघ २० गते नै निधन भए पनि परिवारजनलाई भने बुधबार मात्र जानकारी आएको थियो।

कांग्रेस महासमिति सदस्य भन्छन्– युवालाई माथिल्लो तहसम्म अवसर दिनुपर्छ

महासमिति बैठकमा बिहीबार धारणा राख्ने वक्ताहरूले गुटगत प्रतिस्पर्धा र नातावादले पार्टीलाई कमजोर बनाएको र युवाको प्रतिनिधित्व कम भएको भन्दै युवालाई पार्टीका हरेक तहमा अवसर दिनुपर्ने बताएका छन्।

शुक्लाफाँटामा कुकुर आतंक: ४ लाखभन्दा बढी मूल्यका कुखुरा मारिए

बिहीबार बिहान कुखुरा फार्मको तारजाली तोडेर पसेका कुकुरको हुलले लेयर्स जातका ६०० कुखुरा मारेका छन्। १०० भन्दा बढी कुखुरा घाइते बनाएका छन्।

चीनसँग सडक सञ्जालले जोडियो कोशी प्रदेश 

ताप्लेजुङको टिपताला नाका हुँदै चीन जोडिने सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश चीनसँग सडक सञ्जालले जोडिएको छ। यो सडक जोगबनी नाकामा भारतसँग पनि जोडिन्छ।

डेढ लाखभन्दा बढी मुद्दा फर्छ्योट गर्न बाँकी

सर्वोच्च अदालतले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

माटोमा सीप भरेर चलेको वीरपालको जीविका 

वीरपाल विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउँछन्। उनले बनाएका भाँडाकुँडा १५ देखि २५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।