AnonymousUser

Logout

भारतीय गजल गायक पंकज उदासको निधन

भारतीय चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ।

वीर अस्पतालको फार्मेसीमा बिनाप्रतिस्पर्धा औषधि खरिद

अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको छ।

जंगली जनावरबाट किसानलाई बाली  जोगाउन सकस

करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन्।

हिमाली जिल्लामा खोप लगाउन चुनौती

भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, खोप नलगाउने राउटे समुदाय लगायतका कारण पूर्ण खोपका लागि कर्णालीमा चुनौती खेप्नु परेको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।

कोरोनाले गाउँ फर्काएका चानसिंह: कोदोबाट बिस्कुट उत्पादन गरेर बजार पठाउँदै 

चानसिंह श्रीसले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको छ। बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा पनि पठाएका छन्। 

प्रधानमन्त्रीलाई स्थानीयको प्रश्न– झोलुंगे पुल त बन्यो, मोटरेबल पुल कहिले?

स्थानीयले नजिकैको झोलुंगे पुल समयअगावै बनेको र अर्को पुल १२ वर्षमा पनि नबनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। ३ वर्षभित्र सक्ने गरी २०६८ मा सम्झौता भएको कमला नदीमाथिको पुल अझै बनेको छैन।

कराँते खेलाडी रियाको उच्च शिक्षा पढ्ने चाहना अधुरै

रिया अहिले क्याम्पस भर्ना हुन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छिन्। घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र नभई आफ्नो खेल पनि प्रभावित हुने गरेको उनी बताउँछिन्।

बजेट अभावमा रोकिए ३ जिल्लाका ४ सडक

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको छ।  

खडेरीले पर्वतमा हिउँदे बाली प्रभावित

कतिपय ठाउँमा बालीनाली नै लगाउन पाइएको छैन भने कतिपय ठाउँमा लगाएको बालीनाली राम्रो नहुँदा कृषक चिन्तित बनेका छन्।

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात

हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीयले बताएका छन्।

रुस–युक्रेन युद्धमा निधन भएका जितबहादुरको कुशको शव बनाएर अन्त्येष्टि

गत माघ २० गते नै निधन भए पनि परिवारजनलाई भने बुधबार मात्र जानकारी आएको थियो।

कांग्रेस महासमिति सदस्य भन्छन्– युवालाई माथिल्लो तहसम्म अवसर दिनुपर्छ

महासमिति बैठकमा बिहीबार धारणा राख्ने वक्ताहरूले गुटगत प्रतिस्पर्धा र नातावादले पार्टीलाई कमजोर बनाएको र युवाको प्रतिनिधित्व कम भएको भन्दै युवालाई पार्टीका हरेक तहमा अवसर दिनुपर्ने बताएका छन्।

शुक्लाफाँटामा कुकुर आतंक: ४ लाखभन्दा बढी मूल्यका कुखुरा मारिए

बिहीबार बिहान कुखुरा फार्मको तारजाली तोडेर पसेका कुकुरको हुलले लेयर्स जातका ६०० कुखुरा मारेका छन्। १०० भन्दा बढी कुखुरा घाइते बनाएका छन्।

चीनसँग सडक सञ्जालले जोडियो कोशी प्रदेश 

ताप्लेजुङको टिपताला नाका हुँदै चीन जोडिने सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश चीनसँग सडक सञ्जालले जोडिएको छ। यो सडक जोगबनी नाकामा भारतसँग पनि जोडिन्छ।

डेढ लाखभन्दा बढी मुद्दा फर्छ्योट गर्न बाँकी

सर्वोच्च अदालतले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

माटोमा सीप भरेर चलेको वीरपालको जीविका 

वीरपाल विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउँछन्। उनले बनाएका भाँडाकुँडा १५ देखि २५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। 

एसीसी कार्यान्वयनको ६ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित

विद्युत् प्रसारण लाइन र सडक निर्माण सुस्त छ। आयोजनाको जग्गा अधिग्रहण र प्राप्तिको काम टुंगिन सकेको छैन। रद्द भएको आयोजनाको पुनः ठेक्का खोल्ने र खरिद प्रक्रिया अब कसरी अघि बढ्न भन्ने अझै अनिश्चित छ।

भरतपुरको पुंगीखोला अतिक्रमणको चपेटामा

पुंगीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन्। भरतपुर महानगरपालिकाले सीमांकन तथा संरक्षणको काम शुरू गरेको छ।

कर्णालीमा खाद्यान्नको चरम अभाव, खाद्य कम्पनीका डिपो रित्तै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुई पटक बोलपत्र गरे पनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिए।

पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्छन्, ‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’

राजा त्रिभुवन भारत निर्वासनमा जाँदा आफूहरू खुला राजनीतिमा आएको र प्रजातन्त्रका पक्षमा नारा लगाएको उनी स्मरण गर्छन्।