AnonymousUser

Logout

यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ

मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ। मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ। पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन्।

ग्रामीण जनजीवन र मौलिकतामा रमाउनेका लागि बागलुङको ‘दिजगाउँ’

मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घर मात्रै छन्। परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन्।

धान बिक्री नभएपछि समस्यामा झापाका किसान

नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा आफूहरूले उत्पादन गरेको धानले भने बजार नै नपाएर कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको किसानको गुनासो छ। 

एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ।

मह बेचेरै भोजपुरको नागीमा १ करोड रुपैयाँ भन्दा धेरै भित्रियो

टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रूपमा मौरीपालन गरेका छन्। नजिकै प्रशस्त वन क्षेत्र रहेकोले मौरीपालन फस्टाएको छ।

कर्णालीको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १३ खच्चडको उद्धार हुँदै

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६  खिड्किजिउला जोडने झोलुंगे पुलको एकातर्फको लट्ठा चुँडिएर जाली लत्रिएको हो। 

कालीगण्डकी करिडोरः फलेवास–अर्मादीखण्ड निर्माणमा ढिलासुस्ती

फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७३ असारमा सम्झौता भएको थियो। २०७५ जेठमा सम्पन्न गर्नुपर्ने  काम अझै पूरा भएको छैन। 

गोसाईंकुण्डमा शुरू भयो १० दिने मेला

चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि शुक्रबारसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

खेलकुद मन्त्रालय र खेलकुद परिषद्‌बीच भएको द्वन्द्वका कारण खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ।

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने स्थानीयको भनाइ छ।

रुपन्देहीको खयरडाँडामा भेटियो प्राचीन इनार

उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।

टीकापुरका इँटाभट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित

टीकापुरको मुक्तकमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका ४० जनाभन्दा बढी बालबालिका बुबाआमासँगै कामका लागि इँटाभट्टामा जाँदा उनीहरूको पढाइ प्रभावित भइरहेको बताए।

विद्यार्थी संख्या कम भएपछि एउटै गाउँपालिकाका १७ विद्यालय समायोजन

कालीकोटको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ।

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ।

केराको थामबाट फाइबर, धागो र कम्पोस्ट मल बनाएर आयआर्जन

बेनी–२ खबराका २५ जनाले थामबाट रेसा निकालेर फाइबर धागो बनाउने र कम्पोस्ट मल बनाउने सीप सिकेका छन्। सोही वडाको भकुन्डेमा सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ। 

पाँचौँपटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव, सरकारबाट बाहिरियो एकीकृत समाजवादी

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले डेढ वर्षको अवधिमा बुधबार पाँचौँपटक विश्वासको मत लिन लागेका छन्।

मेसिनबाट धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ राख्दै कञ्चनपुरका किसान

सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ।

भवन र जनशक्ति अभावमा मनाङको जिल्ला अस्पताल

२०४६ फागुनमा निर्मित जिल्ला अस्पतालको भवन जीर्ण भइसकेको छ। अस्पताल भवन जीर्ण हुँदा बिरामीलाई आरामसँग राखेर उपचार गराउने ठाउँको अभाव छ।

पानीको जोहो गर्न रातभर जाग्राम

महोत्तरीमा मुहान सुक्दै गएपछि मानिस मात्र नभएर घरपालुवा पशु, चराचुरुंगी र वन्यजन्तुले पनि पानीको संकट झेल्दै छन्। बालीनाली पहेँलिएर सुक्न थालेको छ।

सगरमाथा दिवसः बांग्लादेशमा तस्वीर प्रदर्शनी

ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एन्ड पिपल’ शीर्षकमा तीन दिने प्रदर्शनी आयोजना गरेको हो।