AnonymousUser

Logout

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, बिहान ६ बजेदेखि लाइन बस्दा पनि आउँदैन पालो

पालिकाहरूले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको गरेका छन्। यसले प्रशासन कार्यालयमा परिचयपत्र बनाउनेको भिड बढेको छ। 

संरक्षण अभावमा जीर्ण बने गौश्वारका प्राचीन सम्पदा

१९७८–७९ सालमा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुंगाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुंगेघर संरक्षण अभावमा जीर्ण भएका हुन्।

शान्ति सैनिक भुपजीत राईलाई मरणोपरान्त राष्ट्र संघको सम्मान

राष्ट्र संघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको पदक राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।

अत्यधिक गर्मीले तराई क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित

तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो।

बाँकेमा गर्मीले पोलियोविरुद्धको खोप अभियान प्रभावित

बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए।

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइँ सकिएको छ। जिल्लामा जेठ पहिलो सातादेखि असार दोस्रो सातासम्म मार्सीको रोपाइँ हुने गरेको छ।

टेबलटेनिस च्याम्पियनसिपमा नेपाललाई १ रजत र ५ कास्य

नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ।

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा बुधबार पाँच हजार ६४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो।

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र

तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित होमस्टे, सडकको पहुँच, जडीबुटी तथा वन पैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको छ।

सिड्स कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड

सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगतिबारे समीक्षा भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यालय आउन छाडे विद्यार्थी 

कैलालीमा गर्मीका कारण विद्यालयमा दिउँसो पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।

यस्ता छन् करका दरमा हेरफेर

सरकारले औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधनलगायतका उद्योगको कच्चा पदार्थमा लगाइको पैठारी महसुल र अन्तः शुल्क घटाएको छ।

सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध

धार्चे गाउँपालिका–३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

बस्तुभाउबाट खेतीबाली जोगाउन सडकमा तगारो

बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडा अध्यक्ष देवीजंग गुरुङ बताउँछन्।

कोरला नाकामा पूर्वाधार नहुँदा समस्यामा स्थानीय र व्यवसायी

कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीय बासिन्दा र पर्यटक समस्यामा परेका छन्।

आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

धान रोप्ने र धान काट्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने/गोड्ने, घाँस/पराल काट्ने, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका छन्।

पक्की पुल बनेपछि सडक सञ्जालमा जोडिए म्याग्दीका निस्कोट र छिबाङ

पक्की पुल सञ्चालनमा आएपछि यहाँका पाँच हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन्। उनीहरूलाई यात्राका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्‍याउन सहज भएको छ।

पुनः सञ्चालनमा आए किमाथांकासहित चीनसँग जोडिएका नाका

संखुवासभाको किमाथांकासहित चीनसँग सीमा जोडिएका नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन्।

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए।

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल

तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न लागिएको हो।