AnonymousUser

Logout

मुहान सुकेपछि पाँचथरका ३०० घरमा खानेपानी समस्या, ट्यांकरबाट आपूर्ति गरिँदै

हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्यांकरबाट व्यवस्था गरिएको हो।

गाउँ फर्किएर पशुपालन, दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि

बजारको समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि गुल्मीका किसान गाई–भैँसी पालनतर्फ आकर्षित भएका छन्। उत्पादित दूध स्थानीय बजारमै खपत हुने गरेको छ।

लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट

कोरोनाकालमा गाउँ फर्किएका काठेखोला गाउँपालिका–८ लेखानी कादेशका चानसिंह श्रीसले कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याएका हुन्।

बागलुङमा वार्षिक १८ करोडको सुन्तला उत्पादन, सबै पालिकामा खेती बिस्तार

बागलुङमा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुन्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेक बढी सुन्तला उत्पादन हुने गाउँ हुन्।

रासायनिक विषादीको प्रयोग घटाउन ‘आईपीएम’ कृषक पाठशाला

कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालन गरिएको छ।

तरकारीले बजार नपाएपछि खरबुजाखेती, बारीमै पुग्न थाले ग्राहक

कावासोती–१७ का मीनबहादुर महतोले तीन बिघा जग्गा भाडामा लिएर खरबुजाखेती गर्दै आएका छन्। खरबुजालाई बजारको समस्या छैन। बारीबाट नै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको छ।

अमेरिकाबाट नेपाल पठाइयो तेह्रौँ शताब्दी पुराना मूर्ति, हराएका स्थानमा प्रतिस्थापन गरिने

१३औँ, १७औँ र १८‍औँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ। ती मूर्ति धातु, काठ, ढुंगा र हड्डीबाट बनेका हुन् ।

काठमाडौँ सबैभन्दा प्रदूषित शहर

डढेलोविद् सुन्दर शर्मा भन्छन् “वनमा लागिरहेको डढेलोका कारण अहिले वायु प्रदूषण बढेर काठमाडौँ लगायतका मुख्य शहरको हावा अस्वस्थ बनेको छ।”

रामेछापको कोशेली बन्यो जुनारको जुस: दिनमा ३ लाख ५० हजारको बिक्री          

स्थानीयस्तरमा उत्पादित जुनार, अमला कागती, किबी, बेलजस्ता वस्तुको जुस बनाएर यहाँका किसान लाभान्वित भएका छन्। जुनारको जुस प्रतिलिटर १५० र किबीको प्रतिलिटर २०० रुपैयाँमा बिक्री हुने गरेको छ।

महोत्तरीका गृहिणीलाई गुइँठा बनाउने चटारो

इन्धनको जोहोमा गुइँठा बनाउने व्यस्तता बढेको हो। बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म गुइँठा बनाउने काममा व्यस्त हुन्छन्।

नारायणगढ–बुटवल सडक: ५ वर्षमा ५० प्रतिशत काम पूरा

४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले पाँच वर्ष बितिसक्दा ५० प्रतिशत काम मात्रै पूरा गरेको छ।

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सयभन्दा बढी घर जलेर नष्ट

सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

दाङका आगलागीपीडितको पीडा: घरगोठ जले, खाने र बस्ने ठाउँको अभाव

गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीमा जलेका छन्। जसबाट ८७ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

दाङका आगलागीपीडितको पीडा: घरगोठ सबै जले, खाने र बस्ने ठाउँको अभाव

आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन नागरिक समाज दाङले अपिल गरेको छ।

धनुषामा पानीका स्रोत सुकेपछि दमकलमार्फत पानी वितरण गरिँदै

प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए।

बजेट अभावले एकीकृत मिलनबस्ती निर्माणमा ढिलाइ

भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलनबस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।

के-के सुविधा छन् लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा?

अध्यादेशमा लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाई खोल्न सक्ने व्यवस्था पनि गरिएको छ।

इलाममा शनिबार रातिबाटै मतगणना थाल्ने तयारी

शनिबार राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ। चाँडै मतपेटिका आए शनिबार रातिबाटै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी  इन्द्रदेव यादवले बताए।

सुक्खा मौसम शुरू भएसँगै धरानमा खानेपानीको अभाव

धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेल खोलानाला सुकेर पानी ट्यांकीमा जम्मा हुन नसकेका कारण वितरण गर्न नसकिएको बताउँछन्। 

बाजुरामा हुरी बतासबाट ४० परिवारका घरमा क्षति

शनिबार आएको हुरी बतासले बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएको वडा सदस्य चदाराले बताए।