AnonymousUser

Logout

बलम्बुमा गोली चल्दा प्रहरी निरीक्षकका अंगरक्षकसहित २ जना घाइते

प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट गोली चल्दा दुई जना घाइते भएका छन्।

संरक्षणको पर्खाइमा चौबिसेका ताल

धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा प्रवर्द्धन हुनसकेको छैन।

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

विसं २०६७ मा स्थानीयवासीले चन्दा संकलन गरेर मार्ग खुलाएको १३ वर्षपछि स्तरोन्नति हुन थालेको हो।

खोले साग बिक्रीबाट लाखाैँ आम्दानी

एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने तथा लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन्।

शुक्लागण्डकी महोत्सवमा खादाको सट्टा पातको माला

यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक स्थानीयरूपमै शमीको पातबाट बनाइएका माला प्रयोग गरिएका छन्।

पोर्चुगलमा नेपालीलाई राहदानी बनाउन सकस

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन। दूतावास आउन ढिलाइ हुँदा नेपालीलाई नयाँ राहदानी तथा नवीकरण गर्न समस्या छ।

विद्यार्थी घटेपछि सामुदायिक विद्यालयलाई आवासीय बनाइँदै

आगामी शैक्षिकसत्रबाट फलेवासको ध्रुव नमूना माविमा बालकक्षादेखि कक्षा १० सम्म नै भर्ना हुने नयाँ तथा पुराना विद्यार्थीलाई आवासीय सुविधा दिइने भएको छ।

काठमाडौँ–तराई द्रुतमार्ग: जेठभित्र २ सुरुङको ‘ब्रेक थ्रु’

द्रुतमार्गको खोकना–बुङमती क्षेत्रमा २१४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ। १६५ रोपनीको भने मूल्य निर्धारण हुन सकेको छैन। 

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्ताबेज पारित

कांग्रेसले महासमिति बैठकमा पेस हुने विभिन्न दस्ताबेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ।

कृषि क्षेत्रको विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति

विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा नीति–निर्माता, सरकार र व्यावसायिक संस्थाले विशेष ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो। 

सुन्तला बेचेर कमलले यो वर्ष कमाए ४० लाख

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। काठमाडौँका अलावा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ।

बागलुङ कालिका मन्दिरमा ७ महिनामा १ करोड ७१ लाख भेटी संकलन

मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा तीन लाख ५७ हजार रुपैयाँ खर्च हुने गरेको हो।

रोकिएन गाडी दुर्घटना: ३ दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा मात्रै चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा गाडी दुर्घटनामा परेर २८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ।

वीर अस्पतालअघि म्याद गुज्रेका औषधि बेच्ने २ फार्मेसी बन्द गर्न निर्देशन

स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए।

कांग्रेस महासमिति बैठकको कस्तो छ तयारी?

कांग्रेसले फागुन ७ गते उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रम सो अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

विद्यालयको सहयोगार्थ सामूहिक व्रतबन्ध

नुवाकोटको शहीद जगतप्रकाश जंग शाह संस्कृति माध्यमिक विद्यालय सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन आयोजित सामूहिक व्रतबन्धबाट पाँच लाख रुपैयाँ संकलन भएको छ।

नेपाली चिकित्सक र विद्यार्थीबारे यूएसएमएलईले गरेको निर्णयमा अमेरिकी अदालतले उठायो प्रश्न

अदालतले युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई)लाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो। 

सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ।

पदमार्गमा झोलुंगे पुल निर्माण

सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खोंचमाथि झोलुंगे पुल निर्माण भएको हो।

नेपालको ‘तराई भू–परिधि’ विश्व सूचीमा समावेश

‘पारिस्थितिकीय प्रणाली पुनर्स्थापनाको संयुक्त राष्ट्रसंघीय दशक’ले नेपालको तराई भू–परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई विश्व सूचीमा समावेश गरेको छ।