AnonymousUser

Logout

इलाममा मतदान सम्पन्न, ५७ प्रतिशत खस्यो मत

उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

उपनिर्वाचन : इलाममा ५२ र बझाङमा ४३ प्रतिशत मतदान

शनिबार दिउँसो ३:३० बजेसम्ममा इलाममा ६० हजार मत खसेको छ भने बझाङमा २६ हजार ५०० मतदाताले मतदान गरेका छन्।

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

स्थानीयले निकुञ्जबाट वन्यजन्तु बस्तीमा पस्ने स्थानका खेतमा माछापोखरी बनाएपछि वन्यजन्तु निकुञ्ज बाहिर आउन पनि कम भएको छ। साथै पाहुनाका लागि माछापोखरीमा पालेका माछा खपत हुँदा आम्दानीमा थप वृद्धि भएको छ।

किसान भन्छन्– आगोले गहुँबाली खायो, अब हामीले के खाने!

बाली भित्र्याउने समयमा विपत्ति आइपरेपछि पीडामा रहेका किसान क्षतिको मूल्यांकन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन्।

कर्णालीमा आगलागीबाट ४ वर्षमा ५५ जनाले गुमाए ज्यान

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चार वर्षको अवधिमा आगलागीबाट ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ।

सालझण्डी–ढोरपाटन सडकमा ठेकेदारको लापरबाही: म्याद सकियो, काम भने ३० प्रतिशत मात्रै

सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा हुन सकेको छैन।

दक्षिण कोरियाबाट गाउँ फर्किएर ड्रागन फ्रुटखेतीमा जम्दै शिव

वालिङ नगरपालिका–४ का शिव थापाले दुई वर्षअघि ड्रागनका ३०० वटा बिरुवा लगाएका थिए। त्यसले फल दिन थालेपछि विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएका छन्। 

मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा

हावाको बहावसँगै तीव्र गतिमा बस्ती पसेको आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले ६ घण्टासम्म संघर्ष गर्नुपरेको थियो।

बाँकेमा वनको डढेलोमा परेर मरे खरायो, सर्प र चरा

राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको शमशेरगन्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए।

चित्र बनाएर पढाइसँगै घरखर्च जुटाउँछिन् निर्मला

तस्वीरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न विभिन्न ठाउँमा पुग्छिन्। तस्वीर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट २०० देखि २५० रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

नोन्जोम कामीले पाइन् ८०औँ जन्मदिनमा नागरिकता

८० वर्षसम्म पनि नागरिकता नबन्दा नोन्जोम कामीसहित सिंगो परिवार नै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित थियो।

धार्मिक पर्यटकीय गन्तव्य बन्यो नवलपुरको देवचुली डाँडा

एक हजार ९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ हिमशृंखला, दक्षिणतर्फ सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ। 

पोखरामा विद्युतीय तार भूमिगत आयोजनाको ठेक्का अवधि सकिँदा प्रगति ४० प्रतिशत

ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ।

धादिङको गजुरीमा औषधिमा प्रयोग हुने रसायन बोकेको ट्रकमा आगलागी

ट्रकमा आगो लागेपछि पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी क्षेत्रमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ। 

जोखिममा हिमताल, सावधानीको खाँचो

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त रूपमा गरेको अध्ययनले नेपालका २१ हिमताल जोखिममा रहेका देखाएको छ।

हात्तीदह सिमसार पर्यटकको रोजाइमा, १ लाख २५ हजारले गरे अवलोकन

पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट ३८ जनाले रोजगारीसमेत पाएका छन्।

हिउँचितुवाको संख्या बढेसँगै थपियो दिगो व्यवस्थापनको चुनौती

हिउँचितुवाको संख्या वृद्धि भएसँगै मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामूलक र राहतका कार्यक्रम प्रभावकारी ढंगबाट लागू गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ।

डढेलो वासस्थान र आहार अभावमा गाउँ पसे जंगली जनावर

वनमा डढेलो लागेपछि वासस्थान र आहारा अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्।

गोरखाको चुमनुब्रीमा हिमपहिरो: बूढीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

रुपन्देहीका ९ गाउँमा आगलागी, ४० घर जले

पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ। गहुँको नलबाट शुरू भएको आगो बतासका कारण फैलिएको थियो।