AnonymousUser

Logout

मोरङमा बंगुरलाई देखियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

मोरङको बेलबारी–४ स्थित ठूली एकीकृत कृषि फर्ममा रहेका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। त्यहाँका बंगुरबाट नमूना लिई परीक्षणका लागि काठमाडौँस्थित प्रयोगशाला पठाइएको छ।

कञ्चनपुरमा ‘बुस्टर डोज’ लगाउनेको संख्या न्यून

भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गड्डाचौकी नाकामा भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगित छ। खोप अभावका कारण नाकामा नै लगाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले थप चार दिनको म्याद दिएकको छ।

नक्कली शरणार्थी प्रकरण : प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउपछि अनुसन्धान गर्दा प्रतीक पनि संलग्न रहेको प्रमाण भेटिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नक्कली शरणार्थी प्रकरणमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

सिंहदरबार वैद्यखानाका कर्मचारीले पाएनन् फागुनदेखिको तलब

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न, बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ।

खरबुजा बिक्रीबाट जीविकोपर्जन 

कृष्णपुर नगरपालिका–२ वाणीकाका स्थानीयले खरबुजा बेचेर जीविकोपार्जन गरिरहेका छन्। चैत अन्तिम सातादेखि जेठसम्म महेन्द्र राजमार्गको किनारमा खरबुजा बिक्री गर्ने गरेको उनीहरू बताउँछन्।

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

रोजगारीको खोजीमा दिनानुदिन युवाहरू विदेश गइरहेका छन्। तर, म्याग्दीको अन्नपूर्ण–६ का नारायण बरुवाल भने विदेशको जागिर छाडेर गाउँ  फर्किएर बाख्रापालन शुरू गरेका छन्।

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नभएको बताएका छन्।

धार्मिक र पर्यटक गन्तव्य बन्दै केलादीधाम

स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुरको सिमानामा रहेको केलादीधाम दर्शन र अवलोकन गर्न आउनेहरू बढिरहेका छन्। धामसम्म सडक सञ्चालन भएकाले पुग्न सहज छ।

मुगु हिमपहिरो: घटनास्थलमा पुग्न सकेन उद्धार टोली 

हिमपात र कुहिरोका कारण एक हप्ता बितिसक्दासमेत सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न सकेको छैन। उद्धारमा खटिएका सुरक्षाकर्मी नै बिरामी हुन थालेको प्रहरीले जनाएको छ। 

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार ५७ करोडमा सीमित

कूल २१ लाख ५ हजार ६५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३ मूल्यमा खरिद बिक्री भएको छ। कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।

धादिङमा छुरा प्रहारबाट युवकको हत्या, गल्छी–त्रिशूली सडकखण्डमा स्थानीयको प्रदर्शन 

गल्छी गाउँपालिका–८ निबुवा बोटेस्थित एक होटेल सञ्चालकले ग्राहकलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरका किसानले रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती थालेका छन्। लगानी र जनशक्ति कम लाग्ने भएकाले खाद्यान्न छाडेर रुखबिरुवा लगाउन थलेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

१५ वर्षको उमेरमा आन्दोलनमा होमिएका कायस्थ २०६२ चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका थिए। 

अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना गम्भीर, ८ घर जलेर नष्ट

भूमिकास्थान नगरपालिकाको तिरतिरे जंगलमा लागेको आगो बस्तीमा पसेपछि निभाउने क्रममा जलेर पाँच जना भएका छन्। उता, सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। 

गण्डकीमा कुन दललाई कति मन्त्रालय?

माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरूले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताए।

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदहरूको सुझाव

राष्ट्रियसभाका सांसदहरूले आर्थिक अवस्थालाई लयमा फर्काउन कृषि, ऊर्जा, उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्न, फजुल र विलासिताका वस्तु आयात कम गर्ने व्यवस्था गर्न सुझाएका छन्।

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाउने गरी कारबाही हुने बोर्डले जनाएको छ। 

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान भनेको छ।