AnonymousUser

Logout

लुम्बिनीमा ५ महिनामा ४ लाख ७० हजार पर्यटक भित्रिए, १ लाख ११ हजार भारतीय

पछिल्लो पाँच महिनामा ६७ देशका करिब पाँच लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। सन् २०२२ को सोही अवधिमा तीन लाख ६२ हजार पर्यटक आएका थिए। 

नेपालका ट्राभल कम्पनीको बिक्री प्रणाली ह्याक गरेर बेचियो करोडौँ रूपैयाँको हवाई टिकट

देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिंक ट्राभललगायत प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेका छन्। अधिकांश टिकट मोरक्कोतर्फ जारी गरिएको छ।

गण्डकीमा पाँच वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने घोषणा

तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने घोषणा भएको छ।

सेती जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा

सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ। 

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

मध्यप्रदेशको इन्दौरमा टाटा कम्पनीको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा पनि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेको बताएका छन्।

सतौँकोटमा प्याराग्लाइडिङको परीक्षण उडान

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यलगायत कारणले यहाँ प्याराग्लाइडिङ गर्नेको संख्या बढ्ने बताइएको छ। 

नक्कली शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार सबै अभियुक्तको बयान शुक्रबार सकिएको छ।

मनसुनको सँघारमा किन बढ्यो गर्मी?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ।

दुग्ध उद्योगले किसानलाई सहज, हट्यो दूध बिक्री नहुने समस्या 

उद्योगमा दैनिक चार हजार २०० लिटर दूध संकलन भइरहेको छ। उक्त दूधबाट १३ किलो छुर्पी, ७० किलो बटर, मागअनुसार घ्यू, १०० लिटर दही र २०० लिटर दूधको पनिर उत्पादन हुने गरेको छ।

प्रधानमन्त्री दाहाल इन्दोरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत 

प्रधानमन्त्री दाहालले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिने कार्यक्रम छ। 

पनौतीमा हिलेजात्रा: जात्रा सकिएपछि मात्र रोपाइँ

पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने चलनलाई जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ।

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रू’ भयो: प्रधानमन्त्री 

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालको दाबी छ। 

गलकोट दरबार संरक्षणमा स्थानीयको चासो, पर्यटकीयस्थल बनाउने योजना

बागलुङको पुरानो सदरमुकाम, गलकोट दरबार र खुला मूर्तिकला संग्रहालयका कारण हरिचौर चर्चामा छ। इतिहास बोकेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ।

मुग्लिन–मलेखु सडक स्तरोन्नति: बजार क्षेत्रमा ६ लेनको बनाइने

चितवनतर्फ १७ र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ। गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बनाउने योजना छ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ।

बलेवा विमानस्थल: जहाज सञ्चालन नभई जीर्ण बन्ने जोखिम  

२०७८ चैतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो। त्यसपछि नियमित सञ्चालन हुने भनिए पनि हालसम्म उडान हुन सकेको छैन। 

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री दाहालले बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। त्यसलगत्तै हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ।

नागरिकता विधेयक प्रमाणीकरण संविधान र संसदीय मूल्य मान्यताले नचिनेको बाटोबाट : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिएका छन्।

नेप्से ३८.८३ अंकले घट्यो, २ अर्ब ३१ करोडको कारोबार

बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन बुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको छ।

असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न एकीकृत समाजवादीको आग्रह

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न एकीकृत समाजवादीले अनुरोध गरेको छ।