च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मी पुग्न नसकेपछि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट थप सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान पठाइएको छ।
फैसलाको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने उल्लेख छ।
सामाजिक सुरक्षालाई प्रभावकारी बनाई स्रोतको सुनिश्चितता गरिनुका साथै सबै प्रकारका विभेद अन्त्य गरी विकासमा जनतालाई सहभागी गराई मूल प्रवाहमा पहुँच अभिवृद्धि गर्न बजेट केन्द्रित हुने अर्थमन्त्रीले बताए।
प्रतिनिधिसभाको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान अर्बौं रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिए सत्तापक्ष र प्रतिपक्षीका सांसदबीच जुहारी चलेको छ।
कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १८७ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।
घाटु नृत्यमा वाद्य र साज शृंगारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ। कारुणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार र दर्शकसमेत रोएको पाइन्छ।
व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सरकारलाई दबाब परेको छ।
भैँसीलाई जंगलमा छाड्ने, पाडा पाडीका लागि जंगलमा गएर घाँस ल्याउने, भकारो सोहोर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन्।
ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती गरिन्छ। यहाँका किसानको आम्दानीको मुख्य स्रोत अलैँची नै हो। तर, मूल्यमा आएको गिरावट र विभिन्न प्रकोपका कारण उत्पादन घट्ने भन्दै चिन्तित छन्।
प्रमुख जिल्ला अधिकारी दाहाल सरकारले समस्या समाधानका लागि ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० राष्ट्रपतिबाट जारी भइसकेकाले अब कानूनी बाटो सहज हुने बताउँछन्।
पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा आएका छैनन्। अहिले १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
हेलिकप्टरमा सवार पाँच जनामध्ये तीन गम्भीर र बाँकी दुई जना सामान्य रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको माओवादी केन्द्रका पदाधिकारीको अनौपचारिक बैठकमा प्रधानमन्त्री दाहालले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्
एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन्। नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ।
आदेशमा २०७६ सालमा पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के–कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो? भनी सरकारलाई प्रश्न गरिएको छ।
पैसा असुलको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरूले २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेंगीको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए।
नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। वर्षा र हिमपात नरोकिएकाले बेपत्ता हुनेको खोजीमा भने कठिनाइ भएको छ।
चालु आवको नौ महिनामा काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोड १७ लाख रुपैयाँको खाद्यान्न तथा कृषिउपज निर्यात र नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँको आयात भएको छ।
जिल्ला अदालत काठमाडौँले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ठगी र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।