बझाङको खप्तडछान्ना गाउँपालिका–७ खानडाँडास्थित साँघुरो घरमा भिट्टुको परिवार बसेको छ। उनले अशिक्षा र गरिबीका कारण उनले आफ्ना छोराछोरीलाई पढाउन सकेका छैनन्। बिहानबेलुका छाक टार्न मुस्किल छ।
ढोरपाटनमा पहिले नाउर र झारलको सिकार गर्दा बोनसका रूपमा बँदेलको सिकार गर्न दिइन्थ्यो। २०७८/७९ देखि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताएका छन्।
परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिए।
विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी आएको जनाउँदै काठमाडौँ महानगरले त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने जनाएको छ।
पछिल्लो जनगणनाअनुसार मुगुका झन्डै नौ हजारमध्ये पाँच हजार परिवार दियालोको भरमा छन्। सदरमुकाम आसपासका गाउँका बासिन्दा मोबाइल चार्ज गर्नसमेत गमगढी बजार पुग्छन्।
एडीबीको अनुदान सहयोगमा लुम्बिनी विकास कोषलाई प्राप्त विद्युतीय सवारी साधनमा हरियो नम्बर प्लेट राख्ने अनुमति भएपछि पर्यटक बोक्न पाउने भएका छन्।
मेची पारिको ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीका रूपमा २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो। कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ।
दोधारा चाँदनी नगरपालिकामा नेपाल–भारत सीमामा दुवै देशतर्फ दशगजा मिचेर लामो समयदेखि खेती लगाइएको थियो। यसरी गरिएको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो।
किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँमा खाद्यान्न अभाव भएको हो। नाका नखुल्दा यहाँ चीनबाट खाद्यान्न आयात हुन सकेको छैन।
भूकम्प र काेराेनाले शून्यमा पुर्याएकाे हेलम्बुकाे पर्यटन तंग्रन थालेकाे छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण र काेराेनाकाे जाेखिम कम हुँदै गएकाले यहाँ दैनिक ५० जनाभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज बिदा दिएको छ। गोरखा भूकम्पबाट ज्यान गुमाउनेको सम्झनामा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
सिंहदरबार लगायतका स्थानको १८ दिनदेखिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न कम्तीमा चार दिन लाग्ने काठमाडौँ महानगरले जनाएको छ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका छन्।
आइतबार तीन क्षेत्रमा भएको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब ५० प्रतिशत, बारा क्षेत्र नं २ मा ४० प्रतिशत र तनहुँ क्षेत्र नं १ मा करिब ३५ प्रतिशत मतदान भएको छ।
घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अरनिको, बिपी र हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारी चल्ने गर्छन्। तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने व्यावसायीको भनाइ छ।
धादिङको नीलकण्ठ नगरपालिकाले वडा नं ८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध डोजर चलाएको स्थानीयले बताएका छन्।
लिम्बूको शनिबार बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए।