AnonymousUser

Logout

काठमाडौँ महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौँ महानगरपालिकाले सिंहदरबारको पश्चिमगेट अगाडि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको छ।

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

चैतेधानलाई भन्दा वर्षे धानलाई महत्त्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकैखेती गरिँदै आएको स्थानीय सीता जिसी बताउँछिन्।

बजेट अभावले पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलका लागि अहिलेसम्म २७ करोड ७७ लाख ९१ हजार ८३९ खर्च भइसकेको छ।

व्यापारिक भवन बनाउन बिर्तामोडमा डोजर लगाएर खाली गराइयो हटिया

बिर्तामोड–५ स्थित बुधबारे हटियाका टहरालगायतका पुराना संरचना हटाएर नगरपालिकाले बहुतले बहुउद्देश्यीय व्यापारिक भवन बनाउने योजना अघि सारेको छ।

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ।

सम्भावित ४२० खानी खोजतलासका लागि अनुमति

खानी तथा भूगर्भ विभागले खनिजजन्य उद्योग प्रवर्द्धनका लागि फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतालस गर्न अनुमति दिएको छ।

लेक चढ्न थाले भेडी गोठ

पहिला लेकतिर हजारौँ भेडाबाख्रा हुने गरे पनि,पछिल्लो समय गोठ राख्ने चलन हराउँदै गएको भेडा गोठाला बताउँछन्। युवापुस्ता लेकमा बस्न छाडेको हुँदा धेरैले घरैमा खोर बनाएर भेडाबाख्रा पाल्न थालेका छन्।

माओवादी केन्द्रको प्रष्टीकरण : लडाकु शिविरमा अनियमितता भएको छैन

माओवादी केन्द्रले तत्कालीन लडाकु शिविरमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्टीकरण दिएको छ।

बागमतीका नवनियुक्त मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

पोर्चुगलमा सुतेकै स्थानमा मृत भेटिए नेपाली युवक

बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटी सुतेकै अवस्थामा मृत भेटिएका छन्। 

आगामी भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ: प्रधानमन्त्री

भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक र जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणबाट विशिष्ट सम्बन्ध रहेकाले आफ्नो आगामी भ्रमण ऐतिहासिक हुने प्रधानमन्त्री दाहालले बताएका छन्। 

इन्टरनेटमा गरिने नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत इन्टरनेटको माध्यमबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ।

मिथिलाञ्चलमा बरसाइत पर्वकाे राैनक

जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ।

किसानलाई सधैँ सिँचाइकै पिरलो, आकाशे पानीका भरमा खेती  

बागलुङमा खेती हुँदै आएको ३० हजार ५२३ हेक्टर जमिनमध्ये छ हजार १४८ हेक्टरमा मात्र सिँचाइको सहज पहुँच पुगेको छ।

बाढीबाट विस्थापितको पीडा: लालपुर्जा छ, जग्गा छैन

कर्णाली नदीमा २०६५ सालमा आएको बाढीले घरखेत पुरेपछि कैलालीको टीकापुर–८ अरुणाफाँटका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भए। अहिले आफ्नो जग्गामा बस्न खोज्दा स्थानीयले अवरोध गरेको पीडितको भनाइ छ।

गर्मीले महोत्तरीको जनजीवन प्रभावित, बिरामीको संख्या बढ्यो

चर्को घाम र तातो हावाका कारण जिल्लामा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ। गर्मीले आउँ, झाडापखाला, टाइफाइड, छालाजन्य रोग र जन्डिसका बिरामी बढेको प्रादेशिक अस्पतालले जनाएको छ।

उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेबाट 

डब्लुएचओको अग्रसरतामा हुने उच्च रक्तचाप नियन्त्रण अभियान निरन्तरताको जिम्मेवारी प्रत्येक स्थानीय तहले लिनुपर्ने बताइएको छ। 

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनदेखि संघीय संसद्को निर्वाचन हुँदै पछिल्लो पटक सम्पन्न उपनिर्वाचनसम्मको घटनाक्रमका बारेमा जानकारी गराएका थिए।

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत भएर संसद्मार्फत त्यसमाथि सुझावसमेत गइसकेको छ। तर ‘मिनी पार्लियमेन्ट’समेत भनिने संसदीय समितिबाट सुझाव गएनन्।