AnonymousUser

Logout

मुआब्जा निर्धारणमै अल्झियो दूधकोशी जलाशययुक्त आयोजना

जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षा नमिल्दा मुआब्जा निर्धारण हुन नसकेको मुआब्जा निर्धारण उपसमिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहको भनाइ छ।

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताएका छन्।

दशैँको रौनकले छोएन कालीगण्डकी किनारका मजदुरलाई

कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभास छैन। दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुरलाई भने छाक कसरी टार्ने भन्ने चिन्तामा छन्।

‘बिक्री भएनन् खसीबोका, कसरी मनाउने दशैँ?’

बाख्रापालन गरेर जीवन धानेका डडेलधुराको भित्री मधेशका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्छन्। 

ऋण काढेर दशैँ मनाउँदै चेपाङ समुदाय

इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरूको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनको भनाइ छ।

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जिप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

बागमती प्रदेशको राजधानी र नाम परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको बताएका छन्।

कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो

सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बाँकी निर्माणकार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुलउपर गरिने भएको छ।

नागढुंगा सुरुङमार्ग: जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा दिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको छ। 

डाँडा र चौतारा सुनसान: हराउँदै लिंगे पिङ

दशैँदेखि तिहारसम्म डाँडा र चौतारामा पिङ हुन्थे। तर, अहिले ती डाँडा र चौतारा सुनसान छन्। मौलिकतासँग जोडिएको लिंगे पिङ बिना दशैँको रौनक नै कम हुने गरेको  छ।

बेमौसमी सुन्तला फलाउँदै खड्का

सुन्तला गाउँका रूपमा परिचय बनाएको बागलुङको सिगानामा वार्षिक रूपमा मौसमी सुन्तला बिक्रीबाटै तीन करोड रुपैयाँ भित्रिँदै आएको छ। 

तीन महिनामा १५ हजार विदेशी पर्यटक पुगे मुस्ताङ

संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किरहेको बताए।

फेवातालको मापदण्डसम्बन्धी सर्वोच्चको फेसलाले जलारी समुदायलाई विस्थापनको चिन्ता

सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्दै ६ महिनाभित्र मापदण्डभित्रका घरसंरचना भत्काउन आदेश दिएसँगै विस्थापित हुने हो कि भन्ने चिन्ता थपिएको ६५ वर्षीय रामचन्द्र जलारीको भनाइ छ।

दशैँमा मौसम सामान्यतया सफा रहने

महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैँमा मौसम सामान्यतया सफा रहने बताए।

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको छाना विस्थापित गरिरहेका छन्। बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ। 

हरायो दशैँमा चंगा उडाउने चलन

दशैँमा सबैसँग जमघट हुने, टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पुर्‍याउने भन्दै उडाउने चलन बिरानो भइसकेको छ।

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गरिदिन मुस्ताङवासीको माग

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण जिल्लामा वर्षासँगै बेमौसमी हिमपात हुन थालेको बताए।

ढिलासुस्तीले थलिए सडक योजना: लागत बढेकोबढ्यै, यात्रुलाई हैरानी

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सञ्चालित ४७ वटा योजना समस्याग्रस्त छन्। त्यसमध्ये १७ वटाका निर्माण व्यवसायी नै सम्पर्कमा छैनन्।

झुलाघाट नाका पूर्ण रूपमा सञ्चालनमा, दशैँमा घर फर्किनेलाई सहज

झोलुंगे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो। झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ।